विप्लवमाथि खनिए प्रचण्ड, जनताजाती र संघीयता विरोधी रहेको आरोप

prachanda

   काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हिंसाबाट अधिकार प्राप्त नहुने भन्दै अधिकारका लागि अब हतियार उठाउन आवश्यक नभएको बताएका छन।

प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ आदिवासी जनताजाती र संघीयताको पक्षमा नभएको दावी गर्दै उनले भने–‘विप्लवहरूले जे भन्न खोजेका छन, जनजातीको पक्षमा छैनन् है बुझिराख्नु है। संघीयता ठीक होइन भन्नेमा उनीहरू छन, पहिले देखि नै।’

राजधानीमा आज आयोजित आदिवासी आयोगका मुद्दा, चासो र अधिकारका बारेमा उच्चस्तरीय बहस कार्यक्रममा अध्यक्ष प्रचण्डले मुलुकमा भइरहेका पछिल्ला गतिविधिले परिवर्तनलाई संस्थागत गर्न नदिन प्रयास भइरहेको पनि बताए ।

उनले आफू अमेरिका जाँदा भएका गतिविधि र मुलुकमा पूर्वराजादेखि केही राजनीतिक दलहरूले गरिरहेका गतिविधिले नेपालको इतिहासदेखि भइरहेको अस्थिरतालाई सम्झाएको बताए।

उनले भने–‘यहाँका पूर्वराजा महाराजाले गर्न भन्न खोजेका कुराहरू, हिँड्न खोजेका बाटा र गर्न खोजेका गतिविधिले पार्टीहरू भित्रै पनि बिस्तारै बिस्तारै आउन खोजेका ट्रेन्डहरू हेर्छु, कहीँ न कहीँ त्यस खालको गतिविधि बनाउने कसरत भइराखेको गन्ध आउछ। यसलाई रोक्न सक्ने तागत र हिम्मत हामीसँग छ।’

मुलुकमा रहेका आदिवासी जनजातीको पक्षमा विगतमा विद्रोह गर्नुपरेको र संविधानमा पनि ती समुदायका पक्षमा आफूले फरक मत राखेको भन्दै प्रचण्डले थारु, दलित, मुस्लिम, समावेशी, आदिवासी आयोगहरूलाई सबल बनाउनुपर्ने धारणा व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित