विप्लव समूहका गतिविधिलाई पूर्ण निस्तेज पार्न सरकार सक्षम छ : गृहमन्त्री थापा

home

 विराटनगर । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले  विप्लव समूहको गतिविधि निस्तेज पार्न सरकार सफल भएको दाबी गरेका छन् ।

 ,प्रदेश १ मा आयोजित सुरक्षा गोष्ठीलाई सम्बोधन गर्न  विराटनगर आएका  गृहमन्त्री थापाले विप्लव समूहको गतिविधि  निस्तेज भएको र यसलाई पूर्ण निस्तेज पार्न सरकारले नीतिहरु अख्तियार गरेको वताए  । तर  विप्लव समस्याको समाधान वार्ता र संवाद नै रहेको उनको भनाइ छ  ।

 विखण्डनकारी शक्ति (सीके राउत) लाई समेत  वार्ता र संवादबाटै मूलधारको राजनीतिमा अवतरण गराएको वताउँदै गृहमन्त्री थापाले विप्लवजी पनि अब वार्तामा आउनु पर्नेभन्दै वार्ताका लागि आग्रह गरे । विप्लव समूहले विध्वंशकारी गतिविधि गरेकाले सरकारले नियन्त्रणमा लिएको उनले दोहोर्‍याए ।

नेकपाको जिल्ला एकताबारे सोधिएको एक प्रश्नमा उनले विधि र प्रक्रियाअनुरुप पछिल्लो जिल्ला एकता टुंग्याइएको उल्लेख गर्दै गृहमन्त्री थापाले असन्तुष्टिहरु भए त्यसलाई छलफलमार्फत पार्टीले टुंग्याउने बताए ।

प्रतिक्रिया

सम्बन्धित