रेकर्ड नै नराखी सिमकार्ड बिक्री वितरण गर्ने दुई जना पक्राउ

aaa

 काठमाडौं। महानगरीय अपराध महाशाखाले कुनै पनि कागजत तथा रेकर्ड नराखी सिमकार्डको दुरुपयोग गरि बिक्री वितरण गर्ने दुईजनालाई पक्राउ गरेको छ ।

 महाशाखाको टोलीले दोलखा वैतेश्वर घर भई काठमाडौं बालाजु बस्ने  ४६ वर्षीय दिलबहादुर खत्री र  २० वर्षीय राजकुमार दाहाललाई पक्राउ गरेको हो ।

 उनीहरुले ग्राहकको कुनै कागजपत्र नै नराखी सिमकार्ड वितरण गर्दै आएका थिए । ग्राहकको कुनै कागजपत्र नै नराखी सिमकार्ड वितरण गरेको गुनासो आएपछि अपराध घट्न नदिन खत्री र दाहाललाई पक्राउ गरी कारवाही थालिएको महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिहंले वताए ।

 उनीहरुले सन्चालन गरेको पसलबाट प्रहरीले केही थान सिमकार्ड समेत बरामद् गरेको छ। ग्राहकको कुनै कागजपत्र नै नराखी सिमकार्ड वितरण गर्दा सिमकार्डबाट अपराध बढ्नसक्ने र अपराधीलाई फाइदा पुग्ने  एसएसपी  सिहं वताउंछन् । उनीहरुलाई दुरसञ्चार ऐन,२०५३ अर्न्तगत कारबाही प्रक्रिया अगाडी बढाइएको छ  ।

प्रतिक्रिया

सम्बन्धित