प्रहरीको गुण्डा अप्रेसन : चक्रेका भाई तेजेन्द्र पनि पक्राउ

काठमाडौं ।  चक्रे मिलन भनिने मिलन गुरुङ र र साजन महर्जन पक्राउ परेपछि मंगलबार  तेजेन्द्र गुरुङ पनि पक्राउ परेका छन् । तेजेन्द्र चक्रेका भाई हुन् । चक्रे र तेजेन्द्र मिलेर चक्रपथ क्षेत्रका व्यवसायीलाई धम्काउदै आएको प्रहरीले आरोप लगाए पनि अहिलेसम्म कसैले उजुरी गरेका छैनन् । पक्राउ परेका तीनै जनालाई सार्वजनिक अपराध मुद्दामा कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ । काठमाडौं प्रहरीले धम्की र असुलीमा संलग्न  अन्य गुन्डा नाइकेहरुलाई पनि पक्राउको तयारी गरिरहेको छ ।

 तर, चर्चा कमाउन र तर्साउन गुन्डा अप्रेसन चलाएको भन्दै प्रहरीको आलोचना पनि भइरहेको छ ।

 गणेश लामा,दिपक मनाङगे,दाबा लामा, बिष्णु लामालगायतका गुण्डा नाइकेहरु भने पक्राउ परेका छैनन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी रविन्द्र धानुकले यि गुण्डाहरुलाई कुन रुपमा हेरेका छन् ? केही दिन पछीको उनको गुण्डा अप्रेसनले थाहा हुने परिसरका एक प्रहरी अधिकारी वताउँछन्

प्रतिक्रिया

सम्बन्धित