संख्यामा होइन गुणस्तरमा विश्वास राख्छौं

rajesh kumar rai

  मास्टर राजेश कुमार राई, सञ्चालक – गोर्खा फिटनेश एण्ड एजुकेशन सेन्टर प्रा.लि.
बुबा मुगाधन राई र आमा कृष्ण कुमारी राईका ६ छोरा र ५ छोरी गरी ११ सन्तान मध्य नवौं सन्तानको रुपमा जन्मिएका मास्टर राजेश कुमार राईको अढाइ दशक समय वेलायतमा वित्यो । पूर्वि नेपालको झापा जिल्ला दमक नगरपालिका वार्ड नं. १० मा जन्मिएका ४५ वर्षिय मास्टर राईले २२ वर्ष व्रिटिश आर्मीमा र दुई वर्ष सरकारी रिजर्भ फोर्समा सेवा गरे ।

विगत तीन वर्षदेखि पोखरालाई कर्मथलो बनाएका राईले स्नातक तहसम्मको अध्ययन गरेका छन् । ईष्ट इण्डिया कम्पनी (व्रिटिश आर्मी) मा सेवा गरी २००७ सालमा प्रजातान्त्रिक आन्दोलनमा होमिएका प्रजातन्त्र सेनानी मुगाधन राईका ६ छोरामध्ये ५ जना व्रिटिश आर्मीमा भर्ति भएका छन् । मास्टर राजेश कुमार राई पनि ठट्टै ठट्टामा भर्ती देखाउन जाँदा साच्चि नै भर्ति भएको अनुभव सुनाउँछन् ।

साढे दुई दशक लामो अवधि व्रिटिश सेवामा खटिएर देश काल, परिस्थिति र विश्व परिवेश वुझ्ने मौका पाएका मास्टर राई अवको बाँकी जीवन स्वदेशमै बिताउने सोच लिएर पोखरामा गोरखा फिटनेश एण्ड एजुकेशन सेन्टरको सञ्चालनमा जुटेका छन् ।

स्वदेशको माया र प्रि आर्मी ट्रेनिङ सेन्टरका स्तरिकरणका लागि समर्पित रहने दावी गर्दै आएका मास्टर राई र अरु ३ जना सेवा निवृत्त व्रिटिश आर्मीद्धारा सञ्चालित गोरखा फिटनेश एण्ड एजुकेशन सेन्टर प्रालिले स्थापनाकै छोटो समयमा मुलुककै सर्वोत्कृष्ट प्रि आर्मी ट्रेनिङ सेन्टरको स्थान सुरक्षित बनाएको छ । गोरखा फिटनेश स्थापनाको तीन वर्षमा कसरी उच्च लोकप्रिय बन्न पुग्यो, अबको योजना के छ ? लगायतका विषायमा www.mynewsnepal.com का लागि सञ्चालक मास्टर राईसँग गरिएको कुराकानी :

० ३ वर्षमा तपाईंको संस्थाले के कस्ता उपलव्धी हासिल गरेको छ ?
– हामी व्रिटिश आर्मी, सिंगापुर पुलिसलगायतका ख्यातिप्राप्त मुलुकमा हुने सैनिक भर्तिका लागि जान ईच्छुक युवाहरुलाई तालिम दिन्छौं । प्रि आर्मी तालिम दिँदा पूर्णतया व्यवसायिकता अपनाउँछौं । संख्यामा होइन गुणस्तरमा विश्वास राख्छौं । त्यसैले हामी सफल भएका छौं । जुन कुरा तथ्यांकले पुष्टि गरेको छ ।

हाम्रो कम्पनीले स्थापनाकै पहिलो वर्षमै २५ जनालाई व्रिटिश आमी र सिंगापुर पुलिसमा भर्ति गराउन सफल भयो । दोस्रो वर्षमा ४२ जना भर्ति गराउन सफल भयौं भने यो वर्ष सन् १७÷१८ को इन्टेकमा ७२ जना गरी सुरुवाति ३ वर्षमा १३९ जना भर्ति गराउन सफल भएका छौं । नेपालको इतिहासमै हाम्रो यो उच्चतम उपलव्धी हो ।

० यो सफलताको राज के हो ?
– पहिलो कुरा त हामी सञ्चालकहरु चारैजना यो क्षेत्रको व्यवसायिक दक्षता र अनुभव प्राप्त ट्रेनर हांै । व्रिटिश आर्मी, ईण्डियन आर्मी र सिंगापुर पुलिस बन्न कस्तो योग्यता मेन्टेन गर्नु पर्छ भन्ने बारेमा हामीलाई राम्रो हेक्का छ । हामीले प्रशिक्षार्थीको संख्या बढाएर पैसा कमाउने विषयलाई भन्दा गुणात्मक उम्मेदवार छनौट गरेर मात्र तालिममा छनौट गरायौं ।

अनुशासन लगनसिलता र कठोर परिक्षा को दायरामा तालिम गराएर एउटा काँचो किशोरलाई उनीहरुको चाहना वमोजिमको भर्तिको लागि योग्य युवा बनायौं । यसमा सूत्र र जादु केही हँुदैन यो समय सापेक्ष प्रशिक्षण कला हो, मेहनत हो ।

० कस्तो छ प्रशिक्षण कक्षको वातावरण ?
– पोखराको सेती वाघ मार्गमा रहेको हाम्रो ट्रनिङ स्थल सबै मापदण्डले पूरा छ । पर्याप्त जमिन, खेल मैदान, आवासिय सुविधा मात्र हैन उनीहरुका हरेक गतिविधिहरु वृटिस आर्मी, इण्डियन पुलिस तथा सिंगापुर पुलिसका लागि तोकिएका मापदण्ड भित्रका विषय वस्तुहरु, र त्यस सम्वन्धि कोर्षहरु अपरिहार्य छन् ।

अन्तर्राष्ट्रिय मापदण्ड परिपालना गरिएका छन् । तालिम अवधि कम्तिमा ६ महिनाको हुने गर्छ । त्यसमा एजुकेशन कोर्ष १ महिनाको अलग्गै हुन्छ । जसमा छ महिनाको फूल प्याकेज आवासिय रुपमा प्रदान गर्दै आएका छौं । तालिम कोर्षमा कुनै कम्परमाइज छैन । यहि हो हाम्रो मुख्य कार्यशैली ।

० भर्ति लगाइदिन घुस लेनदेन हुन्छ भन्ने चर्चा सुनिन्छ, पैसाको आडमा भर्ती हुनसक्छ ?
– यो सबै हल्ला मात्रै हो । वृटिस र सिंगापुर भर्ति हुन करोडौं रुपैयाँ दिए पनि सम्भव छैन । यो हल्ला मात्र हो । कतिपय ट्रेनिङ स्कूलहरुले त्यसरी रकम लिएका भन्ने सुन्नमा आएको कुरा हो । ट्रेनिङ स्कूलहरुलाई वद्नाम गराउन कुनै दलालहरुले त्यस्तो धन्दा चलाउन सक्छन् । त्यसमा अभिभावक सचेत हुनुपर्छ ।

भर्ति लाग्न अनुसाशन योग्यता, दक्षता र फिटनेश अनिवार्य सर्त हो । मापदण्ड अनुसारको परीक्षा पास गर्नै पर्छ । १० औं हजारबाट ४०० जना छान्नु चानचुने कुरो होइन । हामीले सम्पूर्ण विद्यार्थी र अभिभावकहरुलाई सचेत गराउदै आएका छौं । त्यस्तो गतिविधि भएमा कानुन वमोजिम कारवाही गराउने हाम्रो खवरदारी जारी राखेका छौं ।

० पैसा लेनदेन गरेर भर्ति लगाईदिन्छु भन्ने हल्ला के हो त ?
– सबै ठाउँमा सबै मान्छे राम्रो हुन्नन् । हातकै औला त बराबर हुँदैनन् । हो, नेपालका लाहुरे टे«निङ सेन्टरमा पनि केही व्यवसायी र प्रशिक्षण केन्द्रले दलाली गर्छन् । प्रशिक्षार्थी स्वस्फूर्त रुपमा भर्ति हुन्छ अनि हामीले भर्ति गराएको हो भन्दै मोटो रकम लिएको सुनिएको छ ।

यस्ता विचौलियाले यो क्षेत्रलाई नै बदनाम गर्न खोजेका छ । क्षमतावान युवाको अवमूल्यन भएको छ, इमान्दार व्यवसायीको बद्नाम गर्ने प्रयास भएको मात्र छैन गोर्खा भर्ती केन्द्रलाई समेत अपमान गर्ने प्रयास भइरहेकोप्रति हामी चिन्तित छौं ।

अतः यस्ता जाली फटाहा र दलाल गिरोहलाई पहिचान गर्न सरोकारवाला सम्पूर्ण निकायको सकृयता आवश्यक रहेको छ । म एक व्यवसायी र ब्रिटिस गोरखाप्रति आस्थावान व्यक्तिको हैसियतले सबै व्यवसायी, सञ्चारकर्मी, प्रहरी प्रशासन नागरिक समाजलाई ठग र दलाल गिरोहको पहिचान गर्न अनुरोध गर्छु ।

नेपाल र नेपालीको इज्जत र गौरव राख्न पनि यस्ता ठग दलालहरुलाई न्यायिक कठघरामा उभ्याउनु पर्छ ।

० तपाईहरुले गरिरहनु भएको तालिम केन्द्रको भविष्य कति सुरक्षित छ ?
– समग्रमा भन्नुपर्दा नेपालको कुनै पनि व्यवसाय सुरक्षित छैन । यहाँको फोहोरी राजनीति, भ्रष्ट कर्मचारी, अस्वस्थ्य प्रतिस्पर्धाका कारण कुनै पेशा व्यवसाय सुरक्षित हुन सकेको छैन । हामी एउटै कुवाका जनता हौं भने कसरी सुरक्षित छौ र ? तरपनि इमान्दारिता पूर्वक आफ्नो धर्म निर्वाह गर्नु हाम्रो टिमको लक्ष हो । हामी लक्षमा पुग्न दृढ छौं ।

० तपाईहरुको व्यवसायमा राज्य पक्षवाट कस्तो सहयोग पाउनु भएको छ ?
– गरिखाने वातावरण निर्माण हुँदैछ । अहिले जताततै ढिला सुस्ती अनियमितता छ । वातावरण अत्यन्तै प्रतिकुल रहेछ । तर, घञ्चोमञ्चो सहेर भएपनि आफ्नै मुलुक भित्र केही गरौं भन्ने सोचलाई जोगाइरहेको छु । हेरौ कति सम्म सहन सकिन्छ तवसम्म गरि खाने प्रयास गरिन्छ ।

० २२ वर्ष लामो वृटिस लाहुरेको अनुभव वताइदिनुस् न ।
– खास गरि युरोपमा विधिको साशन चल्छ । दुई सय वर्ष अगाडि मानव सभ्यताको सुरुवात भएको हो । तर उनीहरु यति धेरै फिट र सहयोगी छन् । कानूनको साशन गर्ने साशक र कानुन मान्ने जनताको तालमेल राम्रो छ । स्मार्ट साशन छ । लोकतन्त्रको वास्तविक अर्थमा परिपालना छ । त्यहि भएर मुलुक धनी छ ।

तर, विडम्वना हाम्रो मुलुक गरिव छ व्यक्ति धनि छ । किनकी यहाँ विधिका साशन चल्दैन । हाम्रा देशका नेताहरुले देश विदेश गए डुले, सरकारी ढुकुटी रित्याए । तर, विदेशका सकारात्मक कुरा ल्याउन सकेनन् ।

० गोरखा भर्ती बन्द गर्नु पर्ने भन्दै विभिन्न दल र तिनका संगठनहरुले माग राख्दै आएका छन् नि ?
– त्यो अराष्ट्रिय तत्व हो जसले गोरखा भर्ती बन्द गर्नु पर्ने माग गरिरहेको छ । उनीहरुले सक्छन् भने अरवका खाडीमा १०–२० हजारमा वेचिने श्रमिक आपूर्ति रोक्न सक्नु पर्छ । नव जवानलाई खाडीमा पठाउने अनि नेपालमा करोडौं भित्र्याउने गोर्खा भर्ति बन्द गर्ने कुरामा कुनै तुक छैन ।

जवकी नेपाल सरकार स्वयम् आफ्ना सेना प्रहरीलाई शान्ति मिसनका नाममा अफ्रिकी देशहरुमा पठाइरहेको छ । यो भाषा केवल ठगि खानेहरुको कुतर्क मात्र हो । देशमै अवसर भए विदेशिन कसलाई रहर हुन्छ र ? तसर्थ यस्ता संवेदनशील विषयमा वेतुकका कुरा गर्ने पार्टी, संगठन वा व्यक्तिहरुलाई आफ्नो मुलुकको भूराजनीतिक अवस्था र धरातलीय यथार्थ वुझिदिन हामी आग्रह गर्दछौं ।

० होनाहार युवालाई विदेशी फौजमा लैजान ठिक हो र ?
– विल्कुलै ठिक हैन । हाम्रो जन्मभूमि आफ्नो परिवार, आफ्नो संस्कार नै छोडेर सात समुन्द्र परै जाने रहन कसैलाई हँुदैन । यो वाध्यताको पराकाष्ठा हो । दुई थोपा पसिना आफ्नै माटोमा चुहाउने, दुई पाइला आफ्नै माटोमा हिड्न चाहना हुँदा हुँदै नेपाली युवाहरु विदेशिन वाध्य भएका हुन् ।

त्यसो त नेपाल सरिकारले पनि शान्ति मिसनका नाममा अफ्रिका लगायतका मुलुकमा नेपाली सेना प्रहरीलाई किन पठाएको त ? गाँस, वाँस कपास, शिक्षा स्वास्थ्य र सुरक्षाको परिपुरणका लागि विदेशिनु वाध्यता थियो, वाध्यता छ अझै भइरहने अवस्था छ ।

० तपाई आम पाठकहरुलाई के सन्देश दिन चाहनुहुन्छ ?
– हामी आफ्नो पेशामा प्रतिबद्ध छौं । व्यवसायिक मर्यादा र अनुशासन हाम्रो मूल नीति हो । समग्रमा भन्नुपर्दा लाहुरे टे«निङ व्यवसायलाई मर्यादित बनाउने मुख्य प्रयास हुनेछ । अभिभावकहरुले पनि यस विषयमा गम्भिर भएर सोच्नु पर्दछ । आफ्नो छोराहरु योग्य छ भने ठग दलाललाई घुस खुवाउनै पर्दैन ।

योग्य छैन भने करोडौं घुस दिए पनि भर्ति लाग्न सक्दैन । त्यसैले ठग र दलालको फन्दामा नपर्न हामी अभिभावकलाई आग्रह गर्दछौं । साथै कोही कसैलाई ठगहरुले सम्पर्क गर्न खोज्यो वा डिमाण्ड ग¥यो भने प्रहरी प्रशासन समक्ष उजुरी हालेर राष्ट्रको सचेत नागरिक बन्न अनुरोध गर्दछौं । सचेत नागरिक को नाम प्रशासनले गोप्य राख्छ भने उचित सल्लाह दिने नागरिकलाई सम्मान पनि गरिराखेको छ ।

० अन्त्यमा केहि भन्नु हुन्छ कि ?
– करिव ३ दशक लामो जीवनको भोगाई, बुझाई र गराईलाई एकैचोटी समावेश गर्न सम्भव पनि नहोला । अझै धेरै गर्नु छ अघि बढ्नु छ । हामी वोली आश्वासनमा भन्दा काममा विश्वास गछौं । त्यसैले हामी युवालाई भन्न चाहान्छौ सके स्वदेशमै स्वरोजगार गर्नुहा्ेस् । उपाय लागेन भने मात्र हाम्रो ट्रेनिङ सेन्टरमा आउनुहोस् । तपाईको लगनसिलतामा हामी सहजिकरण गछौं ।

प्रतिक्रिया

सम्बन्धित