नेकपाको बैठकमा चर्काचर्की, महासचिव पौडेलको यसरी गरियो बेइज्जत

bishnu poudel

  काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बैठकमा चर्काचर्की भएको छ । सरकारको नीति तथा कार्यक्रमबारे छलफल गर्न बसेको नेकपा सचिवालयको अनौपचारिक बैठकमा नेताहरुबीच चर्काचर्की भएको हो ।

बैठकमा नेताहरूले बालुवाटार जग्गा प्रकरणबारे कुरा उठाएपछि नेताहरुबीच नै चर्काचर्की परेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सो बैठकमा नीति तथा कार्यक्रम विषय प्रवेश नहुँदै रक्षामन्त्री ईश्वर पोखरेलले बालुवाटार जग्गा प्रकरणमा विष्णु पौडेलको नाम मुछिएकोबारे कुरा उठाएका थिए।

पोखरेललाई जवाफ दिँदै प्रधानमन्त्री केपी ओलीले भने अझै पनि पौडेललाई निर्दोष सावित गर्न सरकारले छानविन गरिरहेको जवाफ दिएपछि बैठकमा होहल्ला नै मच्चिएको बैठकमा सहभागी एक नेताले बताए ।

प्रधानमन्त्री ओलीले ‘त्यतिकै बोल्ने कुरा हैन, सरकारले गर्ने काम गरिरहेको छ, आरोप लाग्नेवित्तिकै उहाँलाई सरकारले निर्दोष भन्ने हो भने त्यतिकै भन्यो भन्ने सन्देश बाहिर जान्छ। त्यसकारण यो प्रमाण जुटाएर बोल्ने कुरा हो।’ भनेपछि नेताद्वय बामदेव गौतम र नारायणकाजी श्रेष्ठले पनि यो प्रकरणबारे सबै तथ्य ल्याउनुपर्ने र पार्टीलाई जानकारी गराउनुपर्ने बताएका थिए ।

वरिष्ठ नेता माधव कुमार नेपालले पनि जग्गा प्रकरणको विषयसँग मुख्यमन्त्रीसँग सम्बन्धित मन्त्रिपरिषदका सबै टिप्पणी सबै निर्णय ल्याउन निर्देशन दिएको पनि ति नेताले बताए । बैठकमा उपस्थित नेकपाका महासचिव विष्णु पौडेल भने चुपचाप नै बसे ।

नेकपाका महासचिव पौडेल बालुवाटार जग्गा प्रकरणमा मुछिएका छन्। बालुवाटारको जग्गा हिनामिना सम्बन्धी छानबिन गर्न ओली सरकारले गठनको गरेको पूर्वसचिव शारदाप्रसाद त्रितालको समितिले सरकारी जग्गा गैरकानुनी रुपमा व्यक्तिका नाममा दर्ता गरिएको भन्दै ती जग्गा फिर्ता गर्न सुझाव दिएको छ।

समितिले नेकपाका नवलपरासीका नेता डा. शोभाकान्त ढकाल र अधिवक्ता रामकुमार सुवेदीलाई त्रिताललाई भू–माफिया भनेको छ। पहिले सरकारका नाममा रहेको बालुवाटारको आठ आना जग्गा ढकाल र सुवेदी परिवारको नाम हुँदै विष्णु पौडेलका छोरा नवीन पौडेलको नाममा आएपछि पौडेल बालुवाटार प्रकरणमा मुछिएका हुन्।

शोभाकान्तकी श्रीमती उमा ढकाल र रामकुमार सुवेदीकी श्रीमती माधवी सुवेदीका नाममा रहेको बालुवाटारको कित्ता नम्बर ३०९ र ३१५ को आठ आना जग्गा चार लाख रुपैयाँमा महासचिव पौडेलका छोरा नवीनका नाममा पास भएको डिल्लीबजार मालपोत कार्यालयको रेकर्डमा देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित