सभापति देउवालाई कारबाही गर्न नेता सिंहको माग

prakashman singh

   काठमाडौं । विभिन्न सञ्चारमाध्यमहरुमा बालुवाटार जग्गा प्रकरणमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नाम जोडिएपछि कांग्रेसका नेता प्रकाशमान सिंहले देउवामाथि पनि कारबाही हुनुपर्ने बताएका छन् ।

प्रेस युनियन संखुवासभाले मंगलबार खाँदबारीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता सिंहले भने–‘बालुवाटारको सरकारी जग्गा कब्जा र खरिदबिक्री प्रकरणमा जो कोहीको संलग्नता रहेको देखिए पनि कारवाही हुनुपर्छ । कांग्रेसका नेता या अरु कुनै पार्टीका हुन्, यसको निष्पक्ष तवरले छानविन गर्नुपर्छ र कारबाही हुनुपर्छ ।’

प्रमुख प्रतिपक्ष दल समेत रहेको कांग्रेसका पूर्व महामन्त्री सिंहले सरकारले दुई तिहाई बहुमतको दम्भमा संविधान केही होइन, कानुन केही होइन, भन्ने रवैया देखाइरहेको आरोप लगाए ।

सरकारले आफ्नो असक्षमता ढाकछोप गर्न प्रेसमाथि सेन्सरसिप लगाउन खोजेको आरोप लगाउँदै नेता सिंहले नेकपाका नेताका गल्ती ढाकछोप गर्न पनि सरकार उद्दत रहेको दावी गरे ।

प्रतिक्रिया

सम्बन्धित