नाडा अटो शो शुरु, यस्ता छन् विशेषता

काठमाडौं  : सवारी साधनको कुम्भ मेला भनेर चिनिने नाडा अटो शो सुरु भएको छ। भौतिक यातायात तथा पूर्वाधार मन्त्री बीरबहादुर बलायरले नाडा अटो शोको उद्घाटन गरेका हुन् । विभिन्न प्रकारका सवारी साधानहरूलाई एकै थलोमा प्रदर्शनीमा राखिएको नाडा अटो शो २०१७ आजदेखि राजधानीमा शुरु भएको हो । १२औं संस्करण नाडा अटो शो छ दिनसम्म चल्ने मेला आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल जनाएको छ । मेलामा अटो व्यवसायीहरुले आफ्नो विभिन्न ब्रान्डका सवारी साधन, पार्टपूर्जा, लुब्रिकेन्टलगायतका कम्पनीहरूको सहभागिता रहेको छ । मेलामा ९० वटा कम्पनीका १ सय ३० वटा स्टल रहेका छन् । तीमध्ये १६ ब्रान्डका चार पाङग्रे, १९ ब्रान्डका २ पाङग्र्रे र ६ वटा ब्रान्डका हेभी कमर्सियल सवारी साधनको सहभागिता रहेको छ । त्यस्तै ८ वटा लुब्रिकेन्ट, १० बैंक, २ बीमा कम्पनी, ४ टायर कम्पनी, ४ ब्याट्री कम्पनी र १८ वटा अन्य कम्पनीको सहभागिता मेलामा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित