प्रधानमन्त्रीलाई विश्वप्रकाशको प्रश्न – तपाईं प्रधानमन्त्री कि मेयर ?

kp and bishwoprakash

  काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले झापामा रहेको आफ्नो निर्वाचन क्षेत्रलाई मात्र बढि विकासका योजना पार्न राष्ट्रिय योजना आयोगलाई योजनाको सूची बुझाएको भन्दै त्यसको विरोध गरेको छ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री ओलीले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै केन्द्रित हुने गरी बजेट पार्न भूमिका खेलेको भन्दै विरोध गरेका हुन्। देशको प्रधानमन्त्रीले सबैतिर समुचित ढंगले विकास निर्माणमा ध्यान दिनुपर्नेमा उनको जोड छ ।

प्रवक्ता शर्माले ट्वीटरमा प्रधानमन्त्रीलाई सोधेका छन्– ‘तपाईं देशको प्रधानमन्त्री कि दमकको मेयर ?’

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको लेटरप्याडमा प्रधानमन्त्रीको निजी सचिवालयले राष्ट्रिय योजना आयोगका उपाध्यक्षलाई सम्बोधन गरेको पत्रमा प्रधानमन्त्रीको क्षेत्रमा आर्थिक वर्ष २०७६÷०७७ मा समावेश गर्नुपर्ने योजनाका सूची पठाएको छ ।

पत्रमा बजेट पार्नुपर्ने गरी मन्त्रालयपिच्छे बेग्लाबेग्लै योजना छन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव बिनोदबहादुर कुँवरले हस्ताक्षर गरेको योजनाको सूचीसहितको पत्र चैत २९ गते योजना आयोगलाई पठाइएको हो।

प्रधानमन्त्रीको क्षेत्रमा भ्यु टावर निर्माण, ढल निर्माण, सडक कालोपत्रे, खेलमैदान निर्माणजस्ता योजना प्राथमिकतामा छन्।

प्रतिक्रिया

सम्बन्धित