रातो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि

rato machhindranath

    काठमाडौं । आजबाट रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु हुँदैछ। गुठी संस्थान ललितपुर शाखाका प्रमुख शैलेन्द्र पौडेलका अनुसार आइतबार दिउँसो ३ बजेपछि ललितपुरको टंगालबाट यात्रा सुरु गर्ने तयारी भएको छ ।

रातो मच्छिन्द्रनाथलाई टंगालबाट बाजासहित पुल्चोक लगिनेछ। त्यसपछि विधिपूर्वक पूजा गरी रथारोहण गरेपछि रथयात्रा सुरु हुनेछ। मच्छिन्द्रनाथको रथलाई लिन मीननाथको रथ पुल्चोक पुगेपछि मच्छिन्द्रनाथ र मिननाथको दुवै रथ तान्न सुरु गरिन्छ।

रातो मच्छिन्द्रनाथको रथमा नौवटा खट हुन्छन् भने मीननाथको रथमा १० वटा खट हुन्छन्। गाबहालसम्म मच्छिन्द्रनाथको रथको अघिअघि मीननाथको रथ तानिन्छ। यही वैशाख २५ गते स्थानीयले रथलाई पुल्चोकबाट तानेन गाबहाल पुर्‍याउनेछन्। गाबहाल पुगेपछि मच्छिन्द्रनाथको रथलाई अगाडि राखेर नगर परिक्रमा गराउने परम्परा छ।

रथलाई जेठको तेस्रो हप्तासम्ममा जावलाखेल पुर्‍याउने गुठी सस्थानले जनाएको छ। रथ जावलाखेल पुगेको चौथो दिन भोटो देखाएर यात्रा समापन गरिन्छ।

प्रतिक्रिया

सम्बन्धित