कतारमा ‘नेपाल आइडल, बुगीवुगी इद फेस्टिवल’ को आयोजना गर्दै एनआरएनए मध्यपूर्व उपसंयोजक

eid

 काठमाडौं। कतारमा  ‘नेपाल आइडल, बुगीवुगी इद फेस्टिवल’ हुने भएको छ । कतारमा रहेका सम्पूर्ण नेपालीहरुलाई मनोरञ्जनसहित देशको झझल्को मेटाउने कार्यक्रम चितवनमा निर्माण हुन लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणमा सहयोगको पवित्र उद्देश्यसहित आयोजना हुन लागेको हो ।

 कार्यक्रमको आयोजकमा नेपाल आइडल, भ्वाइस अफ नेपाल जस्ता चर्चित कार्यक्रमको कतारको दोहामा ग्राण्ड फिनाले गर्न सफल  गैरआवासीय नेपाली संघ(एनआरएनए) मध्यपूर्व उपसंयोजक तथा सफल व्यावसायी प्रबिन गुरुङ रहेका छन् ।

 कार्यक्रम जुन ४ मा कतारको सनैयास्थित ग्राण्ड मलको एसियन टाउन, एम्पिथियटरको हलमा हुने आयोजक गुरुङले वताए। कार्यक्रममा नेपालबाट आमन्त्रित ख्यातिप्राप्त कलाकारहरुको सहभागिता हुनेछ । नेपालबाट आमन्त्रित राष्ट्रिय एबं ख्यातिप्राप्त कलाकारहरुमा नेपालकै पहिलो उत्कृष्ट रियालिटी शो नेपाल आईडल सिजन २ का (टप फोर) कलाकारहरु फस्र्ट रनरअप गण्डकी प्रदेश कास्कीका विक्रम बराल, सेकेण्ड रनरअप प्रदेश नं १ झापाका सुमित पाठक, थर्ड रनरअप प्रदेश १ झापाकी अस्मिता अधिकारीसंगै बिजेता सूदूरपश्चिम प्रदेश कञ्चनपुरका रबि ओडले आफ्नो धमाकेदार प्रस्तुति दिनेछन् ।

  यसैगरी नेपालको पहिलो अन्तर्रा्ष्ट्रिय फ्रेन्चाइज रियालिटी शो बुगी वुगी सिजन १ का (टप फोर) कलाकारहरु बिजेता कविता नेपाली, दोश्रो स्थानमा पर्न सफल तनँहुकी प्रतिभा पुन, तेश्रो सरोज मोक्तान र चौथो रबिन भुजेल सहभागी हुनेछन ।

 aan

 यस्तै कार्यक्रममा चर्चित रयापर भिटेन, सालको पात टपरी हुनीका गायक कुलेन्द्र बिक, आधुनिक तथा पछिल्लो समयका ब्यस्त गायिका अमृता लिम्बु, गायिका छिम्मि मेम्बा, नायिका एलिना रायमाझी, हाँस्यकलाकार एबं विभिन्न चरा चुरुङ्गिकोआवाज निकाल्न सक्ने रमेश दुलाल कागे, गायिका तथा उदघोषिका सन्ध्या बूढा उर्फ काउली बुढी, बिशेष गरि टेलिभिजन क्षेत्रका चिरपरिचित उद्घोषक बिबेक खतिवडालगायत अन्य चर्चित कलाकारहरुको प्रस्तुति रहने आयोजक गुरुङले बताए ।

 एनआरएनएको समेत सहयोग रहने कार्यक्रमलाई कतार तथा नेपालका प्रतिष्ठित कम्पनी तथा समूहको प्रायोजन र सहयोग रहेको छ । भिजिट नेपालको अभियानमासमेत सहयोग पुग्ने तथा कतारबाट सेखहरु ल्याएर लगानी गराउने आयोजक गुरुङले बताए । यसअघि यसअघि कतारमा भ्वाइस अफ नेपालको ग्रान्ड फिनाले सफलतापुर्वक सम्पन्न गरेका प्रविन गुरुङले मध्यपूर्वमा नै पहिलो पटक एक नेपालीले ‘नाइट क्लव’ संचालनमा ल्याएर ब्यवसायको विस्तार गरेका छन् ।

 मध्यपूर्वमा नै पहिलो पटक नेपालीले नाइट क्लवमा झण्डै १२ करोड लगानी गरेर संचालक बन्ने गुरुङ पहिलो नेपाली हुन् । रेष्टुरेन्ट, कन्ट्रक्शन कम्पनी तथा अन्य व्यवसायमा नेपालीहरु कतारमा लागिरहेका बेला गुरुङले नयाँ क्षेत्रको व्यवसायमा हात हालेका हुन् । उनले नयाँ दोहोरी सांझ पनि सन्चालनमा ल्याउन लागेका छन् ।

प्रतिक्रिया

सम्बन्धित