देशव्यापीरुपमा पातञ्जलले योगजागरण अभियानलाई तिव्रता दिदै 

Patanjal Yog
भक्तपुर ।
पातञ्जल योग समिति नेपालले देशभर विभिन्न कार्यक्रमहरुमार्फत योगमय नेपाल बनाउने दिशामा आफ्नो अभियानलाई तिव्रता दिएको छ । यो हप्ता मात्र दुई दर्जन भन्दा बढि कार्यक्रमहरु देशका विभिन्न भूगोलमा गरिएको केन्द्रिय अध्यक्ष सुदर्शन सुवेदी बताए ।
काठमाडौ जिल्लामा पातञ्जल योग समिति नेपालका केन्द्रिय सदस्य सुर्वणलाल चित्रकारको अध्यक्षतामा उपाध्यक्ष सविना आचार्य र विजय सुवेदी,सचिव मदन श्रेष्ठ,कोषाध्यक्ष चञ्चल चाँदनी गौतम,सदस्यहरुमा कमला पाण्डे,लक्ष्मीनारायण मिश्र,रोमा श्रेष्ठ,कृष्ण गजमेर,निर्मला दहाल श्रेष्ठ,सन्तोष सिहं मर्हजन,रामनाथ गुरु,रण बहादुर महर्जन,श्याम पोखरेल,विनोद तिमल्सिना,सुधा शाक्य,राधा नेपाल,युक्त गिरी,गोविन्द त्रिपाठी,राममणी ढुङ्गेल रहेको सर्वसम्मत रुपमा पातञ्जल योग समिति जिल्ला शाखा काठमाडौ विस्तार गरेको छ । सल्लाहाकार समितिमा केन्द्रिय सदस्य रामनाथ अधिकारी र जयराम केसीलाई मनोनित गरेको छ ।
त्यसैगरि पातञ्जल योग समिति नेपालका केन्द्रिय सदस्य कपिल शाहीको अध्यक्षतामा उपाध्यक्ष पूर्ण अवाल,सचिव सुन्दरमान श्रेष्ठ,कोषाध्यक्ष ईश्वरी भण्डारी,सदस्यहरुमा समिना महर्जन,प्रशान्तलाल महर्जन,राजेन्द्र महर्जन,रत्न राणा,रोजी ठकुरी,सुमन रुपाखेती,निमा रुपाखेती रहेको पातञ्जल योग समितिको ललितपुर जिल्ला शाखा विस्तार गरिएको छ । ललितपुर जिल्ला बाट योग क्षेत्रमा लामो समयदेखि क्रियाशिल योग साधक उमा जोशीलाई केन्द्रिय सदस्यमा मनोनित गरेको पातञ्जल योग समिति नेपालका केन्द्रिय सदस्य विष्णु कुमार विष्टले अवगत गराए ।


सुदुरपश्चिम प्रदेश भित्र कैलाली जिल्ला लगायतका जिल्लाहरुमा पनि योग जागरणका कार्यक्रमहरु अलावा विभिन्न समाजिक गतिविधिहरुमा केन्द्रित बनि पातञ्जलको योगजागरण अभियानहरु सञ्चालनमा आएका छन् । कैलालीमा मात्रै दुई दर्जन ठाँउहरुमा योग साधना केन्द्रहरु विस्तार,६८ औ हप्तामा सम्म टिकापुर नगरपालिका भित्र सरसफाईको कार्यक्रमको आयोजना,रक्तदान कार्यक्रम,अस्पतालहरुमा विरामीहरुलाई फलफुल वितरण जस्ता मानवपयोगी कार्यहरु लगायत अन्य सुदुरपश्चिम प्रदेश भित्रका जिल्लाहरुमा शिविरका कार्यक्रमहरु सञ्चालन गरिदै आएको पातञ्जल योग समिति नेपालका केन्द्रिय सदस्य दिर्घराज गिरीले बताए ।


त्यसैगरि प्रदेश नं.५ भित्र विभिन्न जिल्लाहरुमा पातञ्जल योग समितिको उपस्थिति गराई योग साधना केन्द्रहरुको विस्तारका अलावा निशुल्क योगशिविरका कार्यक्रमहरु मार्फत योग जागरण अभियानलाई तिव्रता दिएको केन्द्रिय सदस्य डा.प्रकाश पाण्डेले बताए ।

त्यसैगरि गण्डकी प्रदेश अन्तर्गत काश्की जिल्लामा पनि अत्यन्तै छोटो समयभित्र दर्जनौ योग साधना केन्द्रहरु एवं निःशुल्क योग शिविरहरु लगायत सामाजिक गतिविधिहरु सञ्चालन गरिएका छन् । प्रदेश सरकार बाट गण्डकी प्रदेश भित्र योगजागरण अभियानलाई सक्दो सहयोग उपलब्धता हुने प्रतिबद्धता व्यक्त गरेको केन्द्रिय सदस्य प्रदिप कुमार श्रेष्ठले अवगत गराउन भयो । गण्डकी प्रदेश सभासद मांननीय मिना गुरुङ पातञ्जल योग समिति नेपालले विस्तार गरेको यो राष्ट्रिय अभियानमा प्रदेश सरकारबाट स्वयं नेतृत्व गरि यो अभियानमा सहकार्यका साथ अगाडि बढ्ने बताइन् ।
त्यसैगरि भक्तपुर जिल्ला भित्र दर्जनौ योग साधना केन्द्रहरु,निःशुल्क योग शिविर,योग प्रशिक्षणका कार्यक्रमहरु, ६२ औ हप्ता सम्म हनुमन्ते नदि सफाई अभियानमा क्रियाशिल सहभागिता लगायत पातञ्जल योग समितिका अगुवा अभियान्ताहरुलाई क्षमता अभिवृद्धिका तालिमहरु सञ्चालन गरिएका छन । पातञ्जल योग समिति नेपाल जिल्ला शाखा भक्तपुरले भक्तपुरको सुर्यविनायक स्थित शुभकामना पार्टी प्यालेसमा सञ्चालित शुभकामना सामुहिक योग साधना केन्द्रको प्राङ्गणमा ०७६ वैशाख २८ गते देखि प्रत्येक दिन विहान ठीक ५ वजे देखि ७ बजे सम्म योग तथा प्राकृतिक चिकित्सा क्षेत्रका विज्ञ व्यक्तित्व डा। हरि प्रसाद पोखरेल बाट समुदघाटन गराई योग प्रशिक्षक प्रशिक्षण कार्यक्रमको शुभारम्भ गर्न लागेको र सो तालिम कार्यक्रममा सहभागिताको लागि सम्पुर्ण योग प्रेमीहरुलाई आहवान गरेको केन्द्रिय सदस्य एवं भक्तपुर जिल्ला अध्यक्ष योग प्रसाद आचार्यले जानकारी गराए ।


योग जिल्ला समन्वय समिति भक्तपुरका अध्यक्ष एवं अभियानका प्रमुख अभिभावक वालमुकुन्द सुवाल पातञ्जल योग समिति नेपाल औपचारीक शिक्षाका कार्यक्रमहरु साथमा लिई अघि बढेकोमा खुशी व्यक्त गर्दै संस्थाको मुलमर्मलाई आत्मासाथ गर्दै आफ्ना कार्यक्रमहरु विस्तार गर्न पातञ्जलका अगुवा अभियान्ताहरुलाई आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित