शताव्दी पुरुष सत्यमोहनको सम्मान १०० वर्ष, सम्मानदेखि सार्वजनिक विदासम्म

satyamohan joshi 1

 काठमाडौं । संस्कृतिविद सत्यमोहन जोशी आजबाट एक सय वर्ष पुगेका छन् । ललितपुरस्थित जोशीको निवासमा आज विहानैदेखि उनलाई शुभकामना र आशिर्वाद दिन राजनीतिक दलका नेतादेखि सर्वसाधारणसम्मको घुईंचो लागेको थियो ।

शताव्दी पुरुष जोशीलाई नगरपरिक्रमासहित सम्मान गरिएको छ । उनलाई बग्गीमा राखेर ललितपुर नगरका बिभिन्न स्थान परिक्रमा गराइएको हो । जोशीसँगै बग्गीमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु पनि बसेका छन् । जोशी दौरा सुरुवाल, टोपी र दूबोको मालामा सजिएका छन् ।

कार्यक्रममा श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्ट, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, नेकपा नेता कृष्णगोपाल श्रेष्ठ लगायत सहभागी थिए ।

satyamohan joshi

नगरपरिक्रमा कार्यक्रममा स्थानीयबासीका साथै नेपाली सेनाको ब्यान्ड टोली, विद्यार्थी, स्काउट, कर्मचारी, राजनीतिक दलका नेताहरुको उल्लेख्य उपस्थिति छ ।

मेयर चिरीबाबु महर्जन जोशीलाई लिन बग्गी लिएर उनकै घरमै पुगेका थिए । इतिहासविद सत्यमोहन जोशी एक सय वर्ष पुगेको खुसियालीमा ललितपुरमा सोमबार एक दिन सार्वजनिक विदा नै दिइएको छ । ललितपुर महानगरले उनको सम्मानमा एक वर्षसम्म बिभिन्न कार्यक्रम गरी जन्म शताब्दी मनाउने घोषणा समेत गरेको छ ।

satyamohan joshi 2

 

प्रतिक्रिया

सम्बन्धित