बालिका बलात्कार गरेकाे आरोपमा फरार रहेका खरेल पक्राउ

balatkar_1

  काठमाडौं । सिनामंगलकी सात वर्षीया बालिका बलात्कारका आरोपमा फरार रहेका भुवन भन्ने राजु खरेल कञ्चनपुरमा पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले खरेललाई नेपाल–भारत सीमा नाका बेलौरीबाट पक्राउ गरेको हो ।

शान्तिनगरको मिलीजुली चोक घर भएका राजु खरेलमाथि घरमा काम गर्ने महिलाकी सात वर्षीया छोरी बलात्कारको आरोप लागेको छ । खरेल विरुद्ध १८ वैशाखमा बालिकाकी आमाले महानगरीय प्रहरी वृत्त बानेश्वरमा किटानी जाहेरी दिएकी थिइन्।

उजुरी परे लगत्तै फरार भएका खरेल अहिले पक्राउ परेका हुन् ।

घरमा काम गर्ने महिला छतमा कपडा धुने समय पारेर उनले सात वर्षीया बालिकालाई चकलेटको प्रलोभनमा बलात्कार गरेको बालिकाकी आमाको आरोप छ।

पीडित बालिकाका बाबु वैदेशिक रोजगारीको लागि विदेशमा थिए । बाबु विदेशबाट आएपछि घटना बाहिरिएको हो । पक्राउ परेका खरेललाई मंगलबार काठमाडौं ल्याउने तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित