१६ लाख अबैध भारुसहितल ५ जना पक्राउ

indian currency

   काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले भारतमा प्रतिबन्धित एक हजार र ५ सय दरका १६ लाख बराबरको नोटसहित ५ जनालाई पक्राउ गरेको छ । परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार उनीहरु ठमेलको होटल ब्लू मोहनबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा धादिङका शम्भु परियार, दोलखाका रामविक्रम खड्का, कास्कीका सन्तोष थापा मगर, काभ्रेका धनध्वज तामाङ र राजेन्द्र घिसिङ छन् ।

प्रहरीका अनुसार थप अनुसन्धान र कारबाहीका लागि उनीहरुलाई राजश्व अनुसन्धान विभाग, ललितपुर पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित