हिंसा मच्चाएको आरोपमा सामाजिक सञ्जालमाथि प्रतिबन्ध

सामाजिक सञ्जाल

  काठमाडौं । श्रीलंका सरकारले सम्पूर्ण सामाजिक सञ्जालमाथि अस्थायी प्रतिबन्ध लगाएको छ । केही दिनअघि इस्टर पर्वमा भएको बम आक्रमणपछि सामाजिक सञ्जालमार्फत विवाद हुँदा हिंसात्मक घटनासमेत भएपछि सरकारले सामाजिक सन्जालमाथि प्रतिबन्ध लगाएको हो ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार श्रीलंकामा फेसबकु, ट्वीटर, ह्वाट्सएपलगायत सन्देश पठाउन मिल्ने अन्य सामाजिक सञ्जालसमेत अस्थायी रुपमा प्रतिबन्धित भएका छन् ।

फेसबुकबाट सुरु भएको विवाद बढ्दै जाँदा मुस्लिम समुदायका व्यक्तिले चलाएका पसल स्टोरमा ढुंगा हान्नेदेखि कुटपिटसम्मका घटना भएपछि सामाजिक सञ्जाल बन्द गराइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

श्रीलंकाली अधिकारीहरुले फेसबुकबाट घृणा फैलाउने ३८ वर्षीय अब्दुल हमिद महोम्मद हसमरलाई पक्राउ गरिएको छ । उनले अनलाइनमा कमेन्ट गर्दै भनेका थिए–एक दिन तिमिहरु रुनेछौ । मानिसहरुले यसलाई धम्कीको रुपमा लिएर सामाजिक सञ्जालमा आरोप प्रत्यारोमा उत्रिएका थिए ।

श्रीलंकामा अहिले पनि बिभिन्न ठाउँमा हिंसात्मक घटनाहरु भइरहेका छन् । मुस्लिम समुदायका मान्छेले आफूहरुलाई सामाजिक सञ्जालबाट निरन्तर धम्कीहरु आइरहेको गुनासो गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित