विश्वकै चौथो अग्लो हिमाल ल्होत्सेमा ५ नेपाली, १० ठूला हिमालहरुको सूचिमा कुन–कुन ?

lotse

  काठमाडौं । विश्वको चौथो अग्लो हिमाल ल्होत्सेको चुचुरोमा पाँच जना नेपाली पुगेका छन् । यस सिजनको पहिलो नेपाली टोली मंगलबार बिहान ९ बजेर ४७ मिनेटमा पुगेको हो ।

ल्होत्से हिमाल सगरमाथा, पाकिस्तानको केटू र कंचजंघापछीको विश्वकै चौथो अग्लो हिमाल हो । चुचुरोमा पुग्नेमा दोलखा रोलवालिङका किली पेम्बा शेर्पा, तामतिङ शेर्पा तथा थामे सोलुका पेम्बा छोटे शेर्पा, आङ जाङ्बु शेर्पा र डेन्डी शेर्पा छन् । सगरमाथासँग जोडिएको ल्होत्से ८ हजार ५ सय १६ मिटर अग्लो छ ।

विश्‍वकै सर्वोच्च शिखर सगरमाथा प्राकृतिक सम्पदाले भरिपूर्ण देश नेपालमै छ । यहाँका गगनचुम्बी हिमश्रृंखलाहरुले विश्वभरका मानिसलाई आफूतिर आकर्षित गरिरहेको हुन्छ । धेरै मानिसहरु हिमाल आरोहणकै लागि नेपाल आउने गर्दछन् । नेपालको गौरवको कुरा यो छ कि विश्वको १० ठूला हिमालहरुको सूचिमा नेपालको मात्रै ८ ओटा हिम शृन्खलाहरु परेका छन् ।

१. सगरमाथा
सगरमाथा हिमाल विश्वकै सवैभन्दा अग्लो चुचुरो भएको हिमाल हो। यसको उचाइ ८ हजार ८ सय ४८ मीटर रहेको छ । बेलायतको एक सर्वेयर सर जर्ज एभरेष्टलाई सम्मान गर्दै अंग्रेजीमा यसको नाम माउन्ट एभरेष्ट नाम दिइएको थियो। यो नेपालको सोलुखुम्बु जिल्लामा अवस्थित छ।

२. केटु
केटु हिमाल पाकिस्तानको कन्चनजंगा भनेर चिनिन्छ। यसको दुईवटा पहाडको उचाई मिलेर बनेको छ । यसको उचाई ८ हजार ६ सय ११ मिटर रहेको छ। केटु हिमाल पाकिस्तानको कन्चनजंगा भनेर चिनिन्छ। यसको दुईवटा पहाडको उचाई मिलेर बनेको छ । केटु कराकोरम श्रेणीकै हिस्सा हो जुन पाकिस्तानको गिलगितमा गिलगित–बल्टिस्तान र चीनको क्सिन्जियांगको टैक्सकोर्गन तजिक स्वायत्त देशको सिमामा स्थित छ। चीन तर्फबाट केटुमाथि आरोहण गर्न धेरै खतरनाक भएरै हो यस्को आरोहण पाकिस्तान तर्फबाट धेरै गरिन्छ। यस पर्वतको अप्ठेरोपन र आठ हजारीमा दोश्रो सबैभन्दा धेरै मृत्यु दर हुनले केटु पर्वतारोही बीच क्रुर पर्वत भनेर पनि चिनिन्छ। यो विश्‍वमा सबैभन्दा दोस्रो अग्लो चुचुरोमध्ये पर्छ।

३. कन्चनजंगा
विश्वको सबैभन्दा तेस्रो उचाईमा रहेको हिमालको नाम कन्चनजंगा हिमाल । यो नेपालको पूर्वी जिल्ला ताप्लेजुङमा रहेको छ । यसको उचाई ८ हजार ५ सय ८६ मिटर रहेको छ।

४. ल्होत्से
नेपालको सोलुखुम्बु जिल्लामा अवस्थित रहेको ल्होत्से चौथो हिमाल हो । यसको उचाई ८ हजार ५ सय १६ मीटर रहेको छ। यो हिमाल महालंगुर हिमश्रृखलामा पर्दछ।

५. मकालू

यो हिमाल नेपालको संखुवासभा जिल्लामा अवस्थित छ। यसको चुचुरोको उचाई ८ हजार ४ सय ८५ मीटर रहेको छ।

६. चोयू

यो हिमाल नेपालको सोलुखुम्बु जिल्लामा रहको छ। यसको उचाई ८ हजार २ सय १ मीटर रहेको छ। यो हिमाल पनि खुम्बु वा महालंगुर हिमश्रृंखलामा पर्दछ।

७. धौलागिरी
नेपालको मुस्ताङ र मनाङ जिल्लामा रहेको यो धौलागिरी हिमालको चुचुरो पूरै बरफै बरफले ढाकिएको हुन्छ। यसको उचाई ८ हजार १ सय ६७ मीटर रहेको छ। यसको चुचुरोमा चढ्न धेरै कठिन छ।

८. मनास्लु
मनास्लु हिमाल नेपालको गोरखा जिल्लामा अवस्थित छ । यसको उचाई ८ हजार १ सय ६३ मीटर रहेको छ।
सन् १९५६ मा सबेभन्दा पहिले एक जना मानिस मनास्लुमा चढेका थिए।

९. नंगा पर्वत
यो हिमाल पाकिस्तानको गिलगिट बालटिस्तानमा अवस्थित रहेको छ। यो हिमाल किलर माउन्टेनको नामले सकेत चिनिन्छ। यसको उचाई ८ हजार १ सय २६ मीटर रहेको छ। यसको चुचुरोमा चढ्न सबैभन्दा कठिन छ।

१०. अन्नपूर्ण
मध्य नेपालको कास्की जिल्लामा अवस्थित छ अन्नपूर्ण हिमाल। यसको उचाई ८ हजार ९१ मीटर रहेको छ। सगरमाथा चढ्नुभन्दा अगाडि पर्वतारोहीले यही अन्नपूर्ण हिमालमा अभ्यास गर्ने गर्दछ। यो अन्नपूर्ण हिमश्रृंखला अन्तर्गत पर्छ।

प्रतिक्रिया

सम्बन्धित