मोटरसाइकल चोरी गरी पाटपुर्जा बेच्ने गिरोहका तीन जना पक्राउ

bike chor

  काठमाडौं । प्रहरीले राजधानीमा मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरेको छ । काठमाडौंका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी पाटपूर्जा बिक्री गर्ने गिरोहका ३ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

वैशाख २८ गते काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलमा पार्किङ गरी राखिएको प्र.३–००२–००३प ८१३१ नम्बरको मोटरसाइकल चोरी भएको उजुरीका आधारमा छानबिन गर्दा प्रहरीले मोटरसाइकल चोरी गरेर पाटपूर्जा बिक्री गर्ने ३ जनालाई पक्राउ गरिएको परिसर प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी गराए ।

पक्राउ पर्नेमा काठमाडौंको शंखरपुर–५ घर भइ कागेश्वर मनोहरा– १ गागलफेदीमा ग्यारेज सञ्चालन गरी बस्ने २६ वर्षीय तिलक बहादुर तामाङ, शंखरपुर–४ जर्सिङपौवा घर भएका २२ वर्षीय निराजन ओझा र गागलफेदी बस्ने १८ वर्षीय महोम्मद सजाद खान छन् ।

उनीहरुले अत्तरखेलबाट चोरी गरेको मोटरसाइकल गागलफेदीमा ल्याएर लुकाएर राखेका थिए । उक्त मोटरसाइकलबाट पाटपूर्जा झिकिएको अवस्था फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुले यसअघि पनि विभिन्न मोटरसाइकल चोरी गरी आफ्नै वर्कशपबाट पाटपूर्जाहरु बिक्री गर्ने गरेका थिए । प्रहरीले उनीहरुले सञ्चालन गरेको ग्यारेजबाट चोरीका मोटरसाइकलमा पाटपूर्जा समेत बरामद गरेको जनाएको छ ।

कागेश्वररी मनोहरा नगरपालिका–१ गागलफेदीमा केही मानिसहरुले मोटरसाईल मर्मत केन्द्र (ग्यारेज)मा चोरीको मोटरसाइकलहरु लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी बिट गागलफेदी, प्रहरी प्रभाग साँखु तथा महानगरीय प्रहरी वृत्त वौद्दबाट समेत खटीएकोसंयुक्त प्रहरी टोलीले उक्त स्थानमा तत्काल पुगी चेकजाँच गर्दा चोरी भएको मोटरसाईकलका पाटपुर्जाहरु अलग्याईएको अवस्थामा फेला परेको हो ।

बरामद गरीएका सामानहरु

१. प्रदेश नं. ३-००२-००३ प ८१३१ नं. को १५० सिसिको भनिएको कालोमा रातो रंगको स्टिकर भएको मोसाको MD2A11CY5JRE18783 नम्बरको च्यासिस थान -१ र ईन्जिन नं. DHYRJE45581भएको मोसाको सम्पुर्ण पार्ट पुर्जाहरु अलग पारीएका अवस्थामा रहेको ।
२. २२० को सिसिको मोसाको कालो रंगको ट्याङ्की थान-१ ।
३. ऐ.ऐ. सिसिको मोसाको कालो रातो रंगको ट्याङ्की थान- १।
४. ऐ.ऐ. सिसिको मोसाको आकाशे रंगको ट्याङ्की थान -१
५. २२० सिसिको मोसाको भनिएको साईलेन्सर पाइप थान-३
६. R15 भनिएको मोसाको साईलेन्सर पाइप थान १
७. १५० सिसिको यामाहा कम्पनीको मोसाको सेतो ट्याङ्की थान -१
१. रिङह्वे्ल सहित
८. भारत देश बिहार प्रदेश सितामणी जिल्ला नर्घिनिया ७ घर भई हाल का.जि.कागेश्वसरी मनोहरा न.पा. को मोसाको टायर थान -४
९. बिभिन्न मोसाहरुको कैची थान- ४
१०. हिरो हण्डा कम्पनिको मोसाको ट्याङ्की थान -१
११. १५० सिसिको भनिएको मोसाको कालो ट्याङ्की थान -१
१२. पंहेलो रंगको ट्याङ्की थान -१
१३. सिल्भर रंगको ले गार्ड थान -२
१४. 1CK4016084 नं. को मोसाको ईन्जिन थान - १

प्रतिक्रिया

सम्बन्धित