डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया लैजान्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

thagharu

   काठमाडौं । महानगरीय अपराध महाशाखाले अष्ट्रेलियाको पिआर होल्डर भएको भन्दै डिपेन्डेन्ट भिषामा अष्ट्रेलिया लैजाने बहानामा ठगी गर्ने एक महिला पक्राउ गरेको छ । बर्जु गाउपालिका–६ सुनसरी घर भई नयाँबानेश्वर बस्ने रेजिना अधिकारीले आफू अष्ट्रेलियाको पिआर होल्डर भएको भन्दै गोकर्णेश्‍वर नगरपालिका–४ माकलवारीका अमित श्रेष्ठसँग कोर्ट म्यारिज समेत गरी चार लाख ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा अधिकारीलाई पक्राउ गरिएको महाशाखा प्रमुख एसएसपी सहकुलबहादुर थापाले बताए ।

कोर्ट म्यारिज समेत गरेकी अधिकारीले पैसा लिएर सम्पर्क विहिन भएपछि श्रेष्ठले महाशाखामा जाहेरी दिएका थिए । सोही जाहेरीको आधारमा महाशाखाबाट खटिएको प्रहरी टोलीले अधिकारीलाई मध्यबानेश्‍वरमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा अधिकारीले चाँगुनारायण–३ भक्तपुर बस्ने सागर धमलासमेतलाई सोही प्रयोजन र शैली प्रयोग गरी १३ लाख ४७ हजार ठगी गरेको खुलेको छ ।

तर, अधिकारीलाई एशियन ईन्टरनेशनल कन्सल्टेन्सी बाँसवारीका एकेडेमिक डाईरेक्टर गणेश भन्ने अरविन स्याङ्वोले प्रयोग गरिरहेको खुल्न आएको पनि प्रहरीले जनाएको छ । कमलामाई–२ सिन्धुलीका स्याङ्वोलाई पनि पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित