३८ किलो गाँजा र बोलेरो गाडीसहित मकवानपुरबाट दुई जना पक्राउ

bolero

 मकवानपुर । प्रहरीले अबैध लागूऔषध गाँजा ३८ किलो ४०० ग्राम र बोलेरो गाडीसहित दुई जनालाई पक्राउ गरेको छ।

 मकवानपुर राक्सिराङ गाउँपालिकाका वर्ष ४० को राजकुमार गोले (चालक) र सोही ठाउँ बस्ने वर्ष ३४ को सोम ब. स्याङतानलाई गाल्सिराङ स्थित सडकखण्डबाट प्रहरीले गाँजा र गाडी सहित पक्राउ गरेको हो। 

 ३ नम्वर  प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको संयुक्त टोलिले गाल्सीराङबाट दुङगुतर्फ आउदै गरेको ना. १ ज ७३७९ नं. को बोलेरो गाडीलाई रोकी चेकजाँच गर्दा  उक्त गाडीभित्र लुकाई छिपाई राखेको सेतो र पहेंलो रङको २ वटा बोरामा जम्मा ३८ किलो ४०० ग्राम लागु औषध गाँजा फेला परेको हुँदा उक्त गाँजा, मानिस, र बोलेरो गाडीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।

 लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम दण्ड सजाय २ वर्ष देखि १० वर्ष सम्म कैद र १५ हजार देखि १ लाख सम्म जरिवाना तथा गाडी समेत जफत हुने प्रावधान छ ।

प्रतिक्रिया

सम्बन्धित