प्रहरीलाई कुट्दै सिमापारी लैजान खोज्ने भारतीय आक्रमणकारीको गोली लागेर मृत्‍यु

goli

 रुपन्देही। भारतीय हतियारधारी समूह र प्रहरीबीच रुपन्देहीको श‌‌करापुर नाकामा बिहीवार भएको गोली हानाहानका क्रममा घाइते भएका भारतीय आक्रमणकारी दिलिप धोबीको मृत्‍यु भएको छ।

 हतियारसहित नेपाल छिरेका ब्यक्तिहरुलाई नियन्त्रणमा लिने क्रममा त्यहाँ ड्युटीमा रहेका प्रहरीमाथि उल्टै आक्रमण भएपछि प्रहरीले प्रतिकार गरेको थियो। प्रहरीले पक्राउ गर्ने क्रममा उनीहरु चिच्याएपछि भारतबाट आएको अर्को समुहले प्रहरीमाथि लाठी प्रहार गर्दै गोली हानेको थियो। 

 आक्रमणबाट ३ जना प्रहरी घाइते भएका थिए । प्रहरीमाथि आक्रमण भएपछि प्रहरीले हवाइ फायर समेत गरेको थियो। सो क्रममा प्रहरीमाथि नै आक्रमण गर्ने झिनक धोबी अटोमेटिक पेस्तोलसहित पक्राउ परेका थिए । प्रहरीको गोली लागेपछि भारत भागेका दिलिप धोबीको उतै उपचारका क्रममा मृत्यु भएको प्रहरी स्रोतले वताएको छ। 

  रुपेन्देही प्रहरी प्रमुख एसपी हृदय थापाका अनुसार प्रहरीले समयमै प्रतिकार नगरेको भए उनीहरुले उल्टै प्रहरीलाई कुट्दै सिमापारी लगेर अर्को घटना गराउने थिए, तर उनीहरुको योजना सफल हुन पाएन । 

प्रतिक्रिया

सम्बन्धित