काठमाडौंका मेयर शाक्यको दादागिरी, विद्यालयको जग्गामा जबर्जस्ती चलाइयो डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा कार्यालय भवन बनाउन पशुपति क्षेत्रस्थित संस्कृत माध्यमिक विद्यालय (नेपाल वेद विद्याश्रम) को जग्गामा डोजर चलाएको छ । विद्यालयको जग्गा अतिक्रमण गर्न लागेको भनेर विद्यार्थी र शिक्षकले अवरोध गर्दागर्दै डोजरले जग खनेपछि महानगरका मेयर विद्यासुन्दर शाक्यले भवन शिलान्यास गरेका छन् ।
काठमाडौं महानगरपालिकाको वडा ८ को कार्यालय बनाउन शनिबार पशुपति क्षेत्रस्थित नेपाल वेद विद्याश्रमको जग्गामा डोजर लगाएर खाडल खनी शिलान्यास नै गरिएको हो ।
विद्यालयको करिब एक रोपनी जग्गा कब्जा गरेर वडा नम्बर ८ को कार्यालय भवन बनाउन लागिएको हो । पशुपति क्षेत्र विकास कोष र महानगरको मिलेमतोमा विद्यालयको जग्गा अतिक्रमण गरिएको विद्यालयले जनाएको छ । ‘एक्कासि विद्यालय परिसरमा डोजर लगाएर जग खनियो’, विद्यालयका प्रधानाध्यापक केशव अधिकारीले भने–‘मेयर आएर वडा कार्यालय भवन शिलान्यास गर्नुभयो, हामीलाई केही थाहा छैन ।’
विद्यालयको अनुमतिबिनै जग खन्न थालेपछि शिक्षक र विद्यार्थीले विरोध गरेका थिए । मेयर शाक्य शनिबार शिलान्यास गर्न जाँदा उनीहरूले नाराबाजी गरेर अतिक्रमण नगर्न आग्रह गरेका थिए । तर, प्रहरीसहित स्थानीयले बल प्रयोग गरेर शिलान्यास गराएको शिक्षकहरूले गुनासो गरेका छन् ।
‘जग्गा हडप्न आएकालाई विद्यालय परिसरमा छिर्न नदिन गेटमै नारा लगाएर बसेका थियौं’ कक्षा १० का एक छात्रले भने–‘प्रहरीले शिक्षक र विद्यार्थी साथीहरूलाई हातपात गरेर शिलान्यास गराइछाडे ।’
जग्गा कब्जामा परेपछि विद्यालयले शिक्षा मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र गुठी संस्थानमा उजुरी दिएको छ । शैक्षिक संस्थाको जग्गामा नगरपालिकाको भवन बनाउनु न्यायसंगत नहुने भन्दै विद्यालयले उजुरी दिएको समाचार आजको कान्तिपुर दैनिकमा छ ।
विद्याश्रम २०३१ सालमा स्थापना भएको हो । जुन २०५५ सालसम्म गुठी संस्थान मातहत सञ्चालन हुँदै आएको थियो । २०५६ पछि कोषले व्यवस्थापन गर्दै आएको छ । विद्यालयका लागि वाषिर्क अनुदान कोषले उपलब्ध गराउँछ । स्थापना हुँदा विद्यालयसँग ४९ रोपनी जग्गा थियो ।
केही जग्गामा महानगरीय प्रहरी वृत्त गौशाला र कोषको कार्यालय राखियो । विद्यालयलाई ३१ रोपनी जग्गाको मात्र पुर्जा दिइयो । त्यही जग्गामा वडा कार्यालय बनाउन लागिएको हो ।
विद्याश्रममा कक्षा १० सम्म पढाइ हुन्छ । कक्षा ११ सञ्चालन गर्न अनुमति पाइसकेको छ । ‘विद्यालय थप विस्तार हुँदै गएको छ । छात्रावास, कार्यालय, पठनपाठन गर्ने एकै ठाउँमा हो’, शिक्षक घिमिरेले भने–‘अतिक्रमणमा पर्दै गए विद्यार्थीलाई खेल्ने ठाउँसमेत नरहन सक्छ ।’ कोषको जग्गा अन्यत्र पनि भएकाले विद्यालयकै जग्गामा कार्यालय बनाउन आवश्यक नरहेको शिक्षकहरू बताउँछन् । वडा कार्यालयमा सेवाग्रहीको भीडभाड हुने भएकाले पठनपाठनमा पनि समस्या पर्न सक्ने उनीहरूतर्क गर्छन् ।

आजको मौसम : देशका पहाडी भूभागका चट्याङ्गसहित वर्षाको सम्भावना
_W8QOkFo7gR_xcziiggy1mvdde4pu7przgsfjxcom5yhhiaixcblui9gy6k4z9wl16uu16f7_FNWSk4VYOx_l2jjh7pbzbhoxhonbmsmvspino7rz1wwk5bry43obtbcy7xauwsd66rywgec.jpg)
मिथिला माध्यमिकी परिक्रमा आज औरही पुग्दै
%2520(1)_sVEf8TA7QT_b5b1w5lr4j8emdsfexlp8dcesv8xfzjj1c4kblqqsskmedaksg7mje8six0p_tiY7RURjxG_fnac0hufbbio5pqax2yrpmmfgrs4fpehmnp4lsinxjr73w16zwuxowvesw6s.jpg)
सडकमा फोहोर गरेको भन्दै राप्रपालाई काठमाडौं महानगरद्वारा एक लाख जरिवाना
_CFTBqhIJUX_patxejnuv40mokmh51lliolvlmmzxrllxp4zjjzhv3nogjinlzzbyuqynyax_mfUsQg2iCg_wwxyh9eoab9m8opvoklwvnvnvtuwnxxmkc4x7az5ddvffffbuxdbvmaq7tlt.jpg)
यो संविधान कुनै व्यक्तिले दिएको होइन : प्रधानमन्त्री

मौसम पूर्वानुमान : तीन प्रदेशमा वर्षाको सम्भावना
_dAQ8FYTC0u_r3he5yl2zwhqwv2aqb23aahqajt0pbxl0tut3hvrdnlinxr8n9vqmfp3euds_TcZby88a04_x3rjbtv2zfe6pv0wtdlhre8yjcj9d7yfcddpasfstaxx3rqudjzpihdmpxba.jpg)
काठमाडौंमा पूर्वराजा ज्ञानेन्द्रको स्वागत, समर्थकले लगाए चर्का नारा
%2520(11)_ISoOo4IqGT_ciyrnxl7qpkkz2rkdpswc5zuqfmfqazbdhzvt1u6xf4o4uibek4nkpiwkrh4_upPwU6CnVX_fpzujijnremenjht6uufva8aqs7bhm2yy6wo0q6v63b4usape39i6vop4go8.jpg)
चीनको शेन्जेन क्षेत्रमा रोबोटिक्स क्रान्ति
%2520(2)_Eewmb59cgN_uqom5jfdvlhyd78olb4tgdjqjuggd20ypysr6vvyxeeyjabylxaipbwuaedp_x8jhYbpWTb_4pqefy8zhyctrpxyvfgr2nuby3qzyc1qrbzmsmeakhd67torjiinepgc0h86.jpg)
प्रतिक्रिया