बालुवाटारको जग्गासहित १२० कर्मचारीमाथि सुक्ष्म छनविन गर्दै अख्तियार

nabin kumar ghimire

  काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाले बालुवाटार र जुम्लाको गुठिचौरस्थित सार्वजनिक जग्गा हिनामिना तथा १ हजार ८४८ ठेक्का र १२० जना कर्मचारीको सम्पत्तिमाथि सुक्ष्म छानविन गरिरहेको जनाएको छ ।

आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले अख्तियारले देशभर भइरहेको सार्वजनिक जग्गा अतिक्रमण र ठेक्कामा भइरहेको अनियमिततालाई गम्भीरतापूर्वक लिएको बताए ।

आइतबार अख्तियार कार्यालय हेटौंडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख आयुक्त घिमिरेले भने–‘अहिले चर्चामा रहेको बालुवाटारको ललिता निवासदेखि जुम्लामा गुठिचौरको ५९० रोपनी जग्गाको विषयसम्म अख्तियारले अनुसन्धान थालिसकेको छ । यस कार्यमा संलग्नले कुनै पनि हालतमा उन्मुक्ति पाउँदैनन् ।’

प्रतिक्रिया

सम्बन्धित