पाँचथर हत्या काण्ड : ज्वाँइ ससुराको बंश नाश गरेर के चाहन्थ्यो हत्यारा ?

काठमाडौं । गएराती पाँचथरमा धारीलो खुकुरी प्रहार गरी ज्वाँइ र ससुराका गरी दुई परिवारका नौ जनाको विभत्स हत्या भयो । दुई परिवारमा गरी जम्मा १० जना सदस्य थिए । हत्याराले १० जनालाई नै मार्न चाहन्थे ।
तर, १२ वर्षिया सीता खाजुम भने भागेर बाँच्न सफल भईन । उनी पनि सकुसल भने छैनन् । घाइते भएकी खाजुमको उपचार भइरहेको छ । उनले प्रहरी समक्ष मुख छोपेर आएका व्यक्तिले काट्दै हिडेको बयान दिएकी छन् ।
जिल्ला प्रहरी कार्यालय पाँचथरले मिक्लाजुङ गाउँपालिका–३ आरुबोटे भन्ने स्थानमा बमबहादुर फियाक र उनका जेठा ज्वाँई धनराज शेर्माको परिवारका ९ जनाको हत्या भएको हो ।्
धनराजको परिवारका ५ जनाको र बमबहादुरको परिवारका चारजनाको हत्या भएको छ। धनराजका परिवारको शव घरभित्रै पाइएको थियो भने बमबहादुरका परिवारको शव घरबाहिर फेला परेको थियो।
प्रहरीका अनुसार ७४ वर्षीय बमबहादुर फियाक, उनकी श्रीमती, २६ वर्षीया मनकुमारी फियाक, ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, छ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम प्राप्त नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको हो। १२ वर्षीया सीता खजुम भने भागेर बाँचेकी छन्।
यहाँ गम्भिर प्रश्न के उब्जिएको छ भने ज्वाँइ ससुराको बंश नाश गरेर हत्यारा के गर्न चाहन्थ्यो ? अब प्रहरीले कसरी अनुसन्धान गर्छ र त्यसको नतिजा कस्तो आउँछ त्यो भने पर्खाइको विषय बनेको छ ।
घटनास्थल पुगेर अनुसन्धान थालेको प्रहरीले एकै पटक यति धेरै मानिसको हत्याको घटना रहस्यमय देखिएको जनाएको छ । घटनास्थलमा दशमीबजारस्थित प्रहरी चौकीको टोली बिहान ६ बजे पुगेको छ भने इलाका प्रहरी कार्यालय रवि र जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ लागेको छ।

आजको मौसम : देशका पहाडी भूभागका चट्याङ्गसहित वर्षाको सम्भावना
_W8QOkFo7gR_xcziiggy1mvdde4pu7przgsfjxcom5yhhiaixcblui9gy6k4z9wl16uu16f7_FNWSk4VYOx_l2jjh7pbzbhoxhonbmsmvspino7rz1wwk5bry43obtbcy7xauwsd66rywgec.jpg)
मिथिला माध्यमिकी परिक्रमा आज औरही पुग्दै
%2520(1)_sVEf8TA7QT_b5b1w5lr4j8emdsfexlp8dcesv8xfzjj1c4kblqqsskmedaksg7mje8six0p_tiY7RURjxG_fnac0hufbbio5pqax2yrpmmfgrs4fpehmnp4lsinxjr73w16zwuxowvesw6s.jpg)
सडकमा फोहोर गरेको भन्दै राप्रपालाई काठमाडौं महानगरद्वारा एक लाख जरिवाना
_CFTBqhIJUX_patxejnuv40mokmh51lliolvlmmzxrllxp4zjjzhv3nogjinlzzbyuqynyax_mfUsQg2iCg_wwxyh9eoab9m8opvoklwvnvnvtuwnxxmkc4x7az5ddvffffbuxdbvmaq7tlt.jpg)
यो संविधान कुनै व्यक्तिले दिएको होइन : प्रधानमन्त्री

मौसम पूर्वानुमान : तीन प्रदेशमा वर्षाको सम्भावना
_dAQ8FYTC0u_r3he5yl2zwhqwv2aqb23aahqajt0pbxl0tut3hvrdnlinxr8n9vqmfp3euds_TcZby88a04_x3rjbtv2zfe6pv0wtdlhre8yjcj9d7yfcddpasfstaxx3rqudjzpihdmpxba.jpg)
काठमाडौंमा पूर्वराजा ज्ञानेन्द्रको स्वागत, समर्थकले लगाए चर्का नारा
%2520(11)_ISoOo4IqGT_ciyrnxl7qpkkz2rkdpswc5zuqfmfqazbdhzvt1u6xf4o4uibek4nkpiwkrh4_upPwU6CnVX_fpzujijnremenjht6uufva8aqs7bhm2yy6wo0q6v63b4usape39i6vop4go8.jpg)
चीनको शेन्जेन क्षेत्रमा रोबोटिक्स क्रान्ति
%2520(2)_Eewmb59cgN_uqom5jfdvlhyd78olb4tgdjqjuggd20ypysr6vvyxeeyjabylxaipbwuaedp_x8jhYbpWTb_4pqefy8zhyctrpxyvfgr2nuby3qzyc1qrbzmsmeakhd67torjiinepgc0h86.jpg)
प्रतिक्रिया