तालिमप्राप्त कुकुरसहित एसएसपी र सिआईबीको टोली पाँचथरतर्फ

cib

   काठमाडौं । गएराती पाँचथरमा धारीलो खुकुरी प्रहार गरी ज्वाँइ र ससुराका गरी दुई परिवारका नौ जनाको विभत्स हत्या भयो । दुई परिवारमा गरी जम्मा १० जना सदस्य थिए । हत्याराले १० जनालाई नै मार्न चाहन्थे ।

तर, १२ वर्षिया सीता खाजुम भने भागेर बाँच्न सफल भईन । उनी पनि सकुसल भने छैनन् । घाइते भएकी खाजुमको उपचार भइरहेको छ । उनले प्रहरी समक्ष मुख छोपेर आएका व्यक्तिले काट्दै हिडेको बयान दिएकी छन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरले मिक्लाजुङ गाउँपालिका–३ आरुबोटे भन्ने स्थानमा बमबहादुर फियाक र उनका जेठा ज्वाँई धनराज शेर्माको परिवारका ९ जनाको हत्या भएको हो ।

हत्या प्रकरणको अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन भएको छ । घटनाको जानकारी पाएलगतै अनुसन्धानका लागि संघीय प्रहरी कार्यालय, धरानका एसएसपी शरद खत्रीको नेतृत्वमा तालिमप्राप्त कुकुरसहितको टोली खटिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरका प्रवक्ता डिएसपी सिद्धराज न्यौपानेले जानकारी दिए ।

त्यसैगरी, हत्या प्रकरण रहस्यमय बनिरहेका बेला प्रहरीले केन्द्रीय अनुसन्धान व्युरो सीआईबीका एसपी उमाप्रसाद चतुर्वेदीको नेतृत्वमा अनुसन्धान गर्न लागेको हो ।

पाँचथर घटनाबारे अनुसन्धान गर्ने जिम्मा पाएका चतुर्वेदी टोली लिएर घटनास्थल तर्फ लागेको प्रहरी स्रोतले जनाएको छ ।

धनराजको परिवारका ५ जनाको र बमबहादुरको परिवारका चारजनाको हत्या भएको छ। धनराजका परिवारको शव घरभित्रै पाइएको थियो भने बमबहादुरका परिवारको शव घरबाहिर फेला परेको थियो।

प्रहरीका अनुसार ७४ वर्षीय बमबहादुर फियाक, उनकी श्रीमती, २६ वर्षीया मनकुमारी फियाक, ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, छ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम प्राप्त नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको हो। १२ वर्षीया सीता खजुम भने भागेर बाँचेकी छन्।

प्रतिक्रिया

सम्बन्धित