विकासका काममा आवरोध गर्ने प्रयास नगर्दै राम्रो हुन्छ : सांसद बस्नेत

mahesh basnet 1_1

  भक्तपुर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली युवा नेता महेश बस्नेतले भक्तपुरको विकास निर्माणमा कसैले पनि बाधा पुर्याउन नसक्ने दावी गर्दै विकास निर्माणमा अवरोध नगर्न चेतावनी समेत दिएका छन् ।

एकै दिन भक्तपुरका दुईवटा सडक खण्डको शिलान्यास गर्दै पूर्व उद्योगमन्त्री समेत रहेका नेता बस्नेतले नेपाल मजदुर किसान पार्टी विकास विरोधी हुँदै गएको भन्दै उनीहरुले रोकेर विकास निर्माण नरोकिने बताए ।

भक्तपुर क्षेत्रनम्बर दुईबाट प्रतिनिधिसमा सदस्यमा निर्वाचित सांसद बस्नेतले शनिबार चागुनारायण नगरपालिका वडा नं ३ मा गेलाल गाउँ–ज्योलिङ्गेश्वर र जागृति चोक–गेलाल गाउँ जाने दुई वटा सडकको शिलान्यास गरेका हुन् ।

mahesh dai
गेलाल गाउँ–ज्योलिङ्गेश्वर सडक सडक स्तरोन्नती र कालोपत्रे डिभिजन कार्यालयबाट विनियोजित ६ करोडको लागतमा निर्माण हुँदै छ भने जागृति चोक–गेलाल गाउँ सडक प्रदेश सरकार र नगरपालिकाबाट विनियोजित ४ करोड ७७ लाखको लागतमा जागृती चोकदेखी गेलाल गाँउसम्म स्तरोन्नती र कालोपत्र गर्न लागिएको हो ।

कार्यक्रममा बोल्दै सांसद बस्नेतले नेमकिपाका सांसद प्रेम सुवाल नआएपनि भक्तपुर क्षेत्र नंं १ को विकास र समृद्धि नरोकिने बताए । उनले भने–‘नेपाल मजदुर किसान पार्टी विकास विरोधी, भ्रष्टाचारी, घुसखोरी, सफाई अभियानको विरोधी तथा कमिसनको दलदलमा फसेको छ । जनतालाई अप्ठेरो पर्ने गरी विकासका काममा आवरोध गर्ने प्रयास नगर्दै राम्रो हुन्छ ।’

प्रदेश नम्बर ३ को राजधानी भक्तपुरमा ल्याउन नदिन तथा भक्तपुरमा निर्माणको प्रकृयामा रहेका रंगशाला, स्मार्ट सिटी, प्राणी उद्यान केन्द्रलगायतका राष्ट्रिय गौरवका आयोजना असफल बनाउन उद्धत रहेको भन्दै आफूले यस्तो कार्यको विरोध गरिरहने बताए ।

प्रतिक्रिया

सम्बन्धित