एआईपीद्धारा अष्ट्रेलिया जाने विद्यार्थीहरुलाई लक्षित गरी ‘अस्ट्रेलियन एड्मीसन विक’ सञ्चालन

AIP Sujan sir

   काठमाडौं । उच्च शिक्षा अध्ययनका लागि विदेश जाने नेपाली विद्यार्थीहरुको पहिलो रोजाइमा पर्छ अष्ट्रेलिया । गुणस्तरिय शिक्षा र रोजगारीको ग्यारेन्टी नहुँदा वर्षेनी नेपालबाट हजारौं विद्यार्थी उच्च शिक्षाका लागि विदेशिने गरेका छन् । पछिल्लो समय विकासको उच्च फड्को मारिरहेको र धेरैको आकर्षणको केन्द्रबिन्दुको रुपमा परिणत हुँदै गएको मुलुक हो अष्ट्रेलिया ।

विदेशी डिग्री एवम् पार्ट टाइम काम गर्दै पढ्न पनि सकिने भएकाले धेरैको रोजाई बन्दै गईरहेको अष्ट्रेलिया चरम विकास गरेको मुलुक भएकाले पनि यहा“को पढाइलाई विश्वस्तरीय मानिन्छ । अष्ट्रेलिया पढाइका लागि मात्र नभई त्यहि केही गर्छु भन्नेहरुका लागि पनि राम्रो अवसर भएको मुलुक हो । अष्ट्रेलियामा सरकारी ४० र निजी २ गरी ४२ वटा विश्वविद्यालय सञ्चालित छन् । तिनका सम्बन्धन लिएका कलेजमा समेत नेपालबाट विद्यार्थी अध्ययनका लागि जाने गरेका छन् ।

नेपालबाट उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई गुणस्तरिय परामर्श प्रदान गर्दै आएको संस्था हो काठमाडौंको बानेश्वरमा रहेको एब्रोड इन्टरनेशनल प्वाइन्ट(एआईपी) । अष्टे«लिया गएर अध्ययन गरेका विद्यार्थीहरुले आफ्नो क्षमता र ज्ञानलाई विश्व बजारमा बेच्न सक्नु, नेपालीहरु धेरै नै भएको हु“दा परिवारमा बसेर नै अध्ययन गरेको अनुभव हुनु, अध्ययनसँगसँगै ज्ञानमा पनि दक्षता हु“दै जानु, सुरक्षित शहर हुनु नै नेपाली विद्यार्थीले अष्ट्रेलिया रोज्नुको मुख्य कारण रहेको बताउँछन्, एआईपीका प्रवन्ध निर्देशक सुजन थापा ।

तर, गुणस्तरिय परामर्शको अभावका कारण कतिपय विद्यार्थीले नेपालमै होस् वा अस्ट्रेलिया पुगेपछि समस्या भोग्नु परिरहेको छ । केही समय अघि अष्ट्रेलियाको शैक्षिक संस्था अस्ट्रेलियन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआईबीटी) काण्डले पनि नेपाली विद्यार्थी समस्यामा परेको पुष्टि गर्छ ।

जसरी पनि अस्ट्रेलिया जाने ध्याउन्नमा विद्यार्थीहरुले पनि आइपर्न सक्ने सम्भावित चुनौतिबारे बेलैमा बुझ्न नखोज्दा अस्ट्रेलियामा विद्यार्थीहरुले दुःख पाउने क्रम बढेको थापा बताउँछन् । यस्ता समस्यालाई मध्यनजर गर्दै एआईपी कन्सल्टेन्सीले प्रभावकारी परामर्श सेवा प्रदान गर्न थालेको छ ।

विगत ६ वर्षदेखि गुणस्तरिय शैक्षिक परामर्श सेवा प्रदान गरिएको एआर्ईपीले अहिले भने नयाँ तरिकाबाट विद्यार्थीमा बलियो आत्मविश्वास पैदा गर्ने गरी परामर्श सेवा शुरु गरेको थापा बताउँछन् । एआईपीले आफ्नो मुख्य कार्यालय बानेश्वरमा ६ दिने ‘अस्ट्रेलियन एड्मीसन विक’ कार्यक्रमको आयोजना गरेको छ ।

आजबाट शुरु भएको ‘अस्ट्रेलियन एड्मीसन विक’ शुक्रबारसम्म सञ्चालन हुने थापा बताउँछन् । उनले भने–‘बिहानदेखि नै सुरु हुने उक्त परामर्श कक्षामा अभिभावक र विद्यार्थीहरु आफूलाई अनुकुल हुने समयमा सहभागी हुन सक्नुहुनेछ ।’

परामर्शसँगै आइइएलटिएस र टोफल तयारीका लागि पनि ५० प्रतिशत छु्टको व्यवस्था गरिएको पनि थापाले जानकारी गराए । ‘कलिलो उमेरमा नै विद्यार्थीहरु अस्ट्रेलिया जाने खोज्ने हुँदा उनीहरुले अष्ट्रेलियाको बारेमा पूर्ण जानकारी नै लिन खोज्दैनन् ।

जसरी पनि अष्ट्रेलिया पुग्ने मनस्थिति बोकेका कतिपय विद्यार्थीहरुलाई त कुन विश्वविद्यालय पढ्न जाँदै छु भन्ने पनि थाहा नभएको मैले पाएको छु । त्यसैले हामीले अस्ट्रेलिया जानुअघि विद्यार्थीले गर्नुपर्ने प्रोसेसदेखि आर्थिक र मानसिक रुपमा समेत दक्ष बनाउन सहयोग गर्ने उद्देश्यले अस्ट्रेलियन एड्मीसन विकको आयोजना गरेका हौं । थापाले माइन्यूज नेपालसँग कुरा गर्दै भने । काठमाडौंको नयाँ बानेश्वार केन्द्रीय कार्यालय रहेको एआइपीको भुटान र भक्तपुरको सूर्यविनायकमा पनि शाखा कार्यालयहरु छन् ।

यतिमात्र होइन एआईपीले विद्यार्थीहरुको आर्थिक, शैक्षिक अवस्था र उसको चाहनाका बारेर पूर्ण जानकारी लिइसकेपछि उसलाई बेष्ट कोर्ष, वेष्ट यूनिभर्सीटी, वेष्ट सब्जेट र वेष्ट सिटी यो हो भनेर सुझाव र सल्लाह दिंदै आएको छ । अष्ट्रेलिया, न्यूजिल्याण्ड, अमेरिकालगायतका देशहरुमा विद्यार्थी पठाउ“दै आएको ले छिमेकी मुलुक भारतका विभिन्न कलेजमा पनि उचित छात्रबृत्तिसहित नेपाली विद्यार्थीलाई पठाउने गरेको छ । थापा भन्छन्–‘हामीले विल्कुलै ‘स्टुडेन्ट भिसा’ को मात्र काम गरिरहेका छैनौ, विद्यार्थीको चाहना के हो भन्ने बुझ्छौ र सोही अनुसार नै अगाडि बढ्छौं ।’ 

प्रतिक्रिया

सम्बन्धित