आपसी झगडामा १५ जना मारिएको १ दिनपछि ब्राजिलको कारागारमा ४२ कैदी मृत फेला

brazil

  काठमाडौं । ब्राजिलको अमेजनस राज्यको एक कारागारमा भएको झडपमा १५ जनाको ज्यान गएको १ दिनपछि उत्तरी ब्राजिलको एक कारागारमा कम्तीमा ४२ कैदी मृत भेटिएका छन् ।

ब्राजिलका सरकारी अधिकारीहरुका अनुसार, अमेजन राज्यको राजधानी मानसस्थित ४ वटा कारागारमा गरिएका निरीक्षणका क्रममा कैदीहरु मृत भेटिएका हुन् ।

अक्सिजन अभावले श्वासप्रश्वासमा अवरोध भई कैदीहरुको ज्यान गएको अमेजन राज्यको प्रिजन एजेन्सीले जनाएको छ ।घटनापछि यसबारे सरकारी अधिकारीहरुले छानबिन थालेको बताइएको छ । अवस्थालाई थप बिग्रन नदिन एक कार्य दललाई घटनास्थलमा परिचालन गरिएको छ ।

ब्राजिलमा आपराधिक गतिविधि बढी हुन्छ । एक तथ्यांकअनुसार, विश्वको तेस्रो ठूलो कैदीबन्दी भएको देश ब्राजिल हो । ब्राजिलको गत अप्रिलसम्मको तथ्यांकअनुसार, ७ लाख १२ हजार ३०५ कैदी बन्दी देशका विभिन्न कारागारमा कैद भुक्तान गरिरहेका छन् ।

बीबीसीका अनुसार, सन् २०१७ को सुरुवातदेखि हालसम्म उत्तरी ब्राजिलमा मात्रै ११९ को ज्यान गुमिसकेको छ । गत आइतबार मात्रै १५ कैदीको जेलभित्र भएको झडपका क्रममा ज्यान गएको थियो । ब्राजिलको अमेजोनास राज्यको एक कारागारमा झडप हुँदा कैदीबीन्दैको ज्यान गएको थियो ।

तर, यो घटना सेलाउन नपाउँदै फेरि ठूलो संख्यामा कैदीको ज्यान गएको घटना प्रकाशमा आएको छ ।

प्रतिक्रिया

सम्बन्धित