आगामी आर्थिक वर्षमा बृक्षारोपण अभियान, दुर्लव बन्यजन्तुको गणना

youbraj khatiwawa

  काठमाडौं । सरकारले आर्थिक वर्ष २०७६÷७७ मा देशैभर वृक्षरोपण अभियान चलाउने भएको छ । अर्थमन्त्री डा। युवराज खतिवडाले बुधबार संसदमा आगामी आर्थिक वर्ष २०७६÷०७७ का लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखको बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षलाई वृक्षरोपण वर्षका रूपमा मनाउने घोषणा गरेका हुन् ।

अभियानअन्तर्गत रुख प्रजातिका काष्ठ, गैरकाष्ठ, फलफूल तथा जडीबुटीका बिरुवा रोप्ने सरकारी घोषणा छ । त्यस्तै सरकारले जडीबुटी उत्पादन र प्रशोधनलाई विशेष प्राथमिकता दिएको छ ।

सबै प्रदेशमा एउटा जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापना गरिने बजेटमा उल्लेख छ । दुर्लभ तथा लोपोन्मुख वन्यजन्तुसम्बन्धी कार्ययोजना बनाएर गणना गर्ने सरकारको योजना छ । अहिले सरकारले ठूला प्रजातिहरू गैंडा, हात्ती, बाघ, हिउँचितुवालगायतलाई कार्ययोजना बनाएर संरक्षण र अनुगमन गर्दै आएको छ । आगामी वर्षदेखि वन्यजन्तु पालन, प्रजनन तथा बिक्री, वितरणको नमुना अभ्यास सुरु गर्ने घोषणासमेत भएको छ ।

पछिल्लो समय मासिदै गएको चुरेलाई संरक्षण गर्नका लागि सरकारले यस वर्ष १ अर्ब ७४ करोड रुपैयाँ विनियोजन गरेको छ । यसबाट चुरे र भावर क्षेत्रमा १ सय १६ वटा पोखरी बनाइनेछ । तालतलैयाको विकास र गुरुयोजनासमेत तयार गरिनेछ ।

त्यसैगरी सरकारले मौसम पूर्वानुमान प्रणाली थप अत्याधुनिक र व्यवस्थित बनाउन जोड दिने घोषणा गरेको छ । आगामी आवमा आधुनिक तथा स्वचालित जल तथा मौसम प्रणाली विकास गर्ने सरकारको योजना छ ।

प्रतिक्रिया

सम्बन्धित