कांग्रेसको जागरण अभियान असफल !

काठमाडौं । नेपाली कांग्रेसले शुरू गरेको जागरण अभियानमा विवाद सिर्जना भएको छ । कांग्रेसभित्र गुटमा संलग्न नेताहरूले अभियानलाई आफू अनुकूल प्रयोग गर्न थालेपछि त्यसको गुनासो केन्द्रीय कार्यालय सानेपासम्म पुगेको छ ।
जागरण अभियानलाई शुरू गरेर सभापति शेरबहादुर देउवा उपचार गर्न पत्नीसहित विदेश उडेपछि नेपाली कांग्रेसभित्र अनेक अड्कलबाजी भएका छन् ।
देउवालाई असहयोग गर्न सक्रिय समूहले महाविधेशनको कुरा उठाएर जागरण अभियानलाई विथोल्न खोजेको चर्चा छ । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले जागरण अभियानभन्दा पनि पार्टीलाई महाधिवेशन केन्द्रिन बनाउन नसकेको भन्दै गुनासो गरेका छन् ।
थापाले संघीय संविधानअनुसार नेपाली कांग्रेसको संरचना बन्न नसकेकोमा चिन्ता जनाए । ‘नेपाली कांग्रेसको संगठनलाई नयाँ संविधानले चिन्दैन’, उनले भनेका छन्,‘अहिले महाविधेशन गरेर कांग्रेसलाई नयाँ जीवन दिनुपर्ने थियो । तर, नेतृत्वले त्यस विषयमा ध्यान दिन सकेन ।’
कांग्रेसका केन्द्रीय सदस्य थापाले कांग्रेसको संगठन बलियो हुने हो भने कम्युनिस्ट सरकारको अगाडि नेपाली कांग्रेस उभिए मात्रै पुग्ने बताए ।
‘हामी महाधिवेशन गरेर बलियो भनेर आउने हो भने कम्युनिस्टहरूको अधिनायकवाद समाप्त हुन्छ’, उनले भने,‘पहिला हामी संविधानअनुसार कांग्रेसलाई संगठित गर्नुपर्छ ।’ नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा पार्टीको संगठन एक पटक आफै आएर नबन्ने बताउँछन् । ‘कांग्रेसको संगठन हामी आफैले बनाउने हो’, उनले भने,‘कांग्रेस बनाउन हामीलाई कसैले पनि रोकेको छैन ।’
सभापति देउवालाई अफ्ठ्यारो बनाउन वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहले महाधिवेशनको कुरा उठाउँदै आएका छन् । उनीहरूले जागरण अभियानमा देउवाको आलोचना गर्ने गरेका छन् । देउवा समूहले पहिला जागरण अभियानमार्फत कम्युनिस्ट सरकारविरुद्ध जनमत बनाउनुपर्ने बताउँदै आएका छन् ।
कांग्रेसका शीर्ष नेताहरूको आ–आफ्नै स्वार्थले गर्दा जागरण अभियानलाई असर परेको छ । सार्वजनिक रुपमा पार्टीभित्रको विवादलाई बोल्दा कार्यकर्ताहरूको मनोबलमा समस्या हुने जान्दाजान्दै गुटको स्वार्थले भूमिका खेलेको चर्चा हुने गरेको छ । (यूनाइटेड पाेष्ट)

आजको मौसम : देशका पहाडी भूभागका चट्याङ्गसहित वर्षाको सम्भावना
_W8QOkFo7gR_xcziiggy1mvdde4pu7przgsfjxcom5yhhiaixcblui9gy6k4z9wl16uu16f7_FNWSk4VYOx_l2jjh7pbzbhoxhonbmsmvspino7rz1wwk5bry43obtbcy7xauwsd66rywgec.jpg)
मिथिला माध्यमिकी परिक्रमा आज औरही पुग्दै
%2520(1)_sVEf8TA7QT_b5b1w5lr4j8emdsfexlp8dcesv8xfzjj1c4kblqqsskmedaksg7mje8six0p_tiY7RURjxG_fnac0hufbbio5pqax2yrpmmfgrs4fpehmnp4lsinxjr73w16zwuxowvesw6s.jpg)
सडकमा फोहोर गरेको भन्दै राप्रपालाई काठमाडौं महानगरद्वारा एक लाख जरिवाना
_CFTBqhIJUX_patxejnuv40mokmh51lliolvlmmzxrllxp4zjjzhv3nogjinlzzbyuqynyax_mfUsQg2iCg_wwxyh9eoab9m8opvoklwvnvnvtuwnxxmkc4x7az5ddvffffbuxdbvmaq7tlt.jpg)
यो संविधान कुनै व्यक्तिले दिएको होइन : प्रधानमन्त्री

मौसम पूर्वानुमान : तीन प्रदेशमा वर्षाको सम्भावना
_dAQ8FYTC0u_r3he5yl2zwhqwv2aqb23aahqajt0pbxl0tut3hvrdnlinxr8n9vqmfp3euds_TcZby88a04_x3rjbtv2zfe6pv0wtdlhre8yjcj9d7yfcddpasfstaxx3rqudjzpihdmpxba.jpg)
काठमाडौंमा पूर्वराजा ज्ञानेन्द्रको स्वागत, समर्थकले लगाए चर्का नारा
%2520(11)_ISoOo4IqGT_ciyrnxl7qpkkz2rkdpswc5zuqfmfqazbdhzvt1u6xf4o4uibek4nkpiwkrh4_upPwU6CnVX_fpzujijnremenjht6uufva8aqs7bhm2yy6wo0q6v63b4usape39i6vop4go8.jpg)
चीनको शेन्जेन क्षेत्रमा रोबोटिक्स क्रान्ति
%2520(2)_Eewmb59cgN_uqom5jfdvlhyd78olb4tgdjqjuggd20ypysr6vvyxeeyjabylxaipbwuaedp_x8jhYbpWTb_4pqefy8zhyctrpxyvfgr2nuby3qzyc1qrbzmsmeakhd67torjiinepgc0h86.jpg)
प्रतिक्रिया