आजबाट सुरु हुँदैछ वर्ल्डकप, उद्घाटनमा आयोजक इंग्ल्याण्ड र दक्षिण अफ्रिका भिड्दै

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप २०१९ आजबाट सुरु हुँदैछ । इंग्ल्याण्ड र वेल्समा संयुक्त रुपमा सुरु हुने आजको खेलमा आयोजक इंग्ल्याण्ड र दक्षिण अफ्रिका भिड्दै छन् ।
खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ बजे लण्डनको दि ओभलमा सुरु हुनेछ।
अन्तर्रष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले सन् १९७५ देखि आयोजना गर्न सुरु गरेको ५० ओभरको विश्वकपको यो १२औं संस्करण हो।
अहिलेसम्म भएका ११ संस्करणमध्ये अष्ट्रेलियाले सर्वाधिक ५ पटक उपाधि जितेको छ। अष्ट्रेलियाले १९९९, २००३ र २००७ मा लगातार तीन पटक उपाधि जित्दै ह्याट्रिक गरेको थियो।
यस्तै वेष्ट इन्डिजले सुरुवाती दुई संस्करण जितेको थियो भने भारत पनि दुई पटकको च्याम्पियन हो। पाकिस्तान र श्रीलंकाले एक/एक पटक उपाधि जितेका छन्।
क्रिकेटको जननी मानिने र विश्वकपको सुरुवाती संस्करण आयोजना गरेको इंग्ल्याण्डले अहिलेसम्म उपाधि जित्न सकेको छैन। तर, ऊ तीन पटक फाइनल भने पुगिसकेको छ ।
त्यस्तै दक्षिण अफ्रिका र न्यूजिल्याण्डले पनि उपाधि जित्न सकेका छैनन् । अघिल्लो पटक अष्ट्रेलियाले उपाधि जित्दा न्यूजिल्याण्ड उपविजेता बनेको थियो।
यस पटक घरेलु मैदान र जोस बटलर, इयान मोर्गन, बेन स्टोक,जोए रुट जस्ता खेलाडीको साथ पाएको इंग्ल्याण्डलाई उपाधिको दाबेदारको रुपमा हेरिएको छ।
उता दक्षिण अफ्रिकाका फास्ट बलर डेल स्टेनले भने चोटका कारण इंग्ल्याण्ड विरुद्धको खेल गुमाउने भएका छन्।
इंग्ल्याण्डले सन् १९७९, १९८७, १९९२ मा फाइनल खेलेको थियो भने १९७५ को पहिलो र १९८३ को तेस्रो संस्करणमा सेमिफाइनलसम्म पुगेको थियो। उता दक्षिण अफ्रिकाले चार पटक सेमिफाइनल खेले पनि अहिलेसम्म फाइनलमा स्थान बनाउन सकेको छैन।
यस संस्करणमा सहभागी टोलीले सिंगल राउण्ड रोविन प्रणालीमा एक आपसमा खेल्नेछन्। लिगमा सबैले ९–९ खेल खेल्नेछन्। त्यसपछि शीर्ष चारमा रहने टिम सेमिफाइनल पुग्नेछन्।
कुन–कुन देशबाट काे–काे खेल्दैछन् ?
अष्ट्रेलिया : आरोन फिन्च (कप्तान), उस्मान खवाजा, सन मार्स, स्टिभन स्मिथ, डेविड वार्नर, ग्लेन म्याक्सवेल, मार्कुस स्टोइनिस, एकेक्स केरी, मिचेल स्टार्क, प्याट कमिङ्स, झ्ये रिचर्डसन, जासोन बारोनडर्फ, नाथन कल्टर निल, नाथन लियोन, एडम जाम्पा
भारत : विराट कोहली (कप्तान), रोहित शर्मा, शिखर धवन, लोकेश राहुल, केदार जाधव, महेन्द्र सिंह धोनी, दिनेश कार्तिक, विजय शंकर, हार्दिक पान्ड्या, रवीन्द्र जडेजा, कुलदीप यादव, युजभेन्द्र चहल, भुवनेश्वर कुमार, मोहम्मद शामी र जसप्रित बुमराह
पाकिस्तान : सर्फ्राज अहेमद (कप्तान), बाबर अजाम, फकर जमन, हरिस सोहेल, हसन अली, इमाद वासिम, इमाम उल हक, मोहम्मद हाफिज, मोहम्मद हासनेन, शदाब खान, शाहिन साह अफ्रिदी, सोएब मल्लिक, मोहम्मद आमिर, वाहव रियाज, आसिफ अली
अफगानिस्तान : गुल्बदीन नइब (कप्तान), मोहम्मद शेहजाद (विकेटकिपर), नुर अली ज़द्रान, हज्रतुल्लाह जजाई, रहमत शाह, अस्घर अफगान, हाश्मतुल्लाह शहिदी, नजीब जद्रान, शमिउल्लाह सिनवारी, मोहम्मद नाबी, रसिद खान, दवलत जद्रान, अफताब आलम, हमिद हसन, मुजीब उ–रहमान
बंगलादेश : मोसरफ मोर्ताजा (कप्तान), तमिम इकवाल, लिटन दास (विकेटकिपर), सौम्य सरकार, मुस्फिकर रहिम ९विकेटकिपर०, महमुदुल्लाह, शकिब अल हशन, मोहमद मिथुन, सविर रहमान, मोसादेक होसेन, मोहमद सैफुद्दिन, मेहदी हसन, रुबेल हुसेन, मुस्ताफिजुर रहमान, अबु जायद
इंग्ल्याण्ड : इयान मोर्गान (कप्तान), मोईन अली, जोन्नी बेयर्स्टोव, जोस बटलर, टम करन, लियाम प्लनकेट, आदिल रसिद, जोए रुट, ज्यासन रोए, बेन स्टोक, क्रिस वोक्स, मार्क वुड, जोफ्रा आर्चर, जेम्स भिन्स, लियन डसन
न्युजिल्यान्ड : केन विलियम्सन (कप्तान), टम ब्लुण्डेल, ट्रेन्ट बोल्ट, कोलिन डी ग्राण्डहोम, लकी फर्गुसन, मार्टिन गप्टील, म्याट हेनरी, टम लाथम, कोलिन मुनरो, जिम्मी निशम, हेनरी निकोलस, मिचेल स्यान्टनर, इश सोधि, टिम साउदी, रोस टेलर
दक्षिण अफ्रिका : फाप डु प्लेसिसि (कप्तान), अइडेन मारक्राम, क्वेन्टन डे कक, हासिम अमला, रसी भान डेर डुसेन, डेविड मिलर, एन्डिल फेलुकवायो, जेपि डुमिनी, ड्वाइने प्रेटोरिओस, डेल स्टेन, कगिसो रबाडा, लुंगी एनगिदी, क्रिस मोरिस, इमरान ताहिर, ताब्रेज शाम्सी
श्रीलंका : दिमुथ करुणारत्ने (कप्तान), आविष्का फर्नान्डो, लाहिरु थिरिमाने, कुसल परेरा, कुशल मेन्डिस, एन्जेलो म्याथ्युज, धनन्जय डि शिल्भा, जेफ्फेरी भन्डेर्से, थिसरा परेरा, इसुरु उदना, लासिथ मालिंगा, सुरंगा लकमल, नुवान प्रदीप, जीवन मेन्डिस, मिलिण्डा सिरिवर्दाना
वेस्ट इन्डिज : ज्यासन होल्डर (कप्तान), क्रिस गेल, आन्द्रे रसेल, शेल्डन कट्रेल, शन्नन गब्रिअल, केमर रोच, निकोलस पुरन, एश्ले नर्स, फबियन एलेन, शिमरोन हेयतमार, साई होप, ओसाने थोमस, कार्लोस ब्रेइथवेट

आजको मौसम : देशका पहाडी भूभागका चट्याङ्गसहित वर्षाको सम्भावना
_W8QOkFo7gR_xcziiggy1mvdde4pu7przgsfjxcom5yhhiaixcblui9gy6k4z9wl16uu16f7_FNWSk4VYOx_l2jjh7pbzbhoxhonbmsmvspino7rz1wwk5bry43obtbcy7xauwsd66rywgec.jpg)
मिथिला माध्यमिकी परिक्रमा आज औरही पुग्दै
%2520(1)_sVEf8TA7QT_b5b1w5lr4j8emdsfexlp8dcesv8xfzjj1c4kblqqsskmedaksg7mje8six0p_tiY7RURjxG_fnac0hufbbio5pqax2yrpmmfgrs4fpehmnp4lsinxjr73w16zwuxowvesw6s.jpg)
सडकमा फोहोर गरेको भन्दै राप्रपालाई काठमाडौं महानगरद्वारा एक लाख जरिवाना
_CFTBqhIJUX_patxejnuv40mokmh51lliolvlmmzxrllxp4zjjzhv3nogjinlzzbyuqynyax_mfUsQg2iCg_wwxyh9eoab9m8opvoklwvnvnvtuwnxxmkc4x7az5ddvffffbuxdbvmaq7tlt.jpg)
यो संविधान कुनै व्यक्तिले दिएको होइन : प्रधानमन्त्री

मौसम पूर्वानुमान : तीन प्रदेशमा वर्षाको सम्भावना
_dAQ8FYTC0u_r3he5yl2zwhqwv2aqb23aahqajt0pbxl0tut3hvrdnlinxr8n9vqmfp3euds_TcZby88a04_x3rjbtv2zfe6pv0wtdlhre8yjcj9d7yfcddpasfstaxx3rqudjzpihdmpxba.jpg)
काठमाडौंमा पूर्वराजा ज्ञानेन्द्रको स्वागत, समर्थकले लगाए चर्का नारा
%2520(11)_ISoOo4IqGT_ciyrnxl7qpkkz2rkdpswc5zuqfmfqazbdhzvt1u6xf4o4uibek4nkpiwkrh4_upPwU6CnVX_fpzujijnremenjht6uufva8aqs7bhm2yy6wo0q6v63b4usape39i6vop4go8.jpg)
चीनको शेन्जेन क्षेत्रमा रोबोटिक्स क्रान्ति
%2520(2)_Eewmb59cgN_uqom5jfdvlhyd78olb4tgdjqjuggd20ypysr6vvyxeeyjabylxaipbwuaedp_x8jhYbpWTb_4pqefy8zhyctrpxyvfgr2nuby3qzyc1qrbzmsmeakhd67torjiinepgc0h86.jpg)
प्रतिक्रिया