जहाजको वाहना बनाएर एनएसीका २० कर्मचारी सिंगापुर

काठमाडौं : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले मर्मत भइरहेको आफ्नो एएटा ठुलो जहाज ‘हेर्न र लिन’जाने निहुँमा लाखौं खर्च गरी २० जना कर्माचारीलाई सिंगापुर पठाएको छ । ‘जहाज थपेर व्यवस्थापन पनि सुधार गर्दै लानुपर्छ’ भन्ने रटान लगाउने निगमका महाप्रवन्धक सुगतरत्न कंसकारले ती सबै कर्मचारीको भ्रमण विदा स्वीकृत गरेका हुन । तीमध्ये आधाजति सिंगापुर घुमेर फर्किसकेको छन् भने आधा उतै घुमिरहेका छन् । सम्बद्ध विभागीय प्रमुखको सिफारिसपछि कंसरकारले भ्रमण विदा स्वीकृत गरेको खबर आजको नागरिक दैनिकमा छापिएको छ । निगम उच्च स्रोतका अनुसार इन्जिनियरिङ क्वालिटी एस्योरेन्स र एयर वर्दिनेस विभागका निर्देशक र त्यसमुनिका अधिकृतसहित अन्य कर्मचारी एवं मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक तहका दुई गरी २० जना सिंगापुर घुम्नेमा दरिएका छन् । तीमध्ये १८ जना निगमका कर्मचारी हुन्। ‘महाप्रवन्धक कंसरकारले स्वीकृत दिएपछि उनीहरुको सिंगापुर जाने बाटो खुलेको हो र यसका लासी व्यवस्थापनले २० लाख रुपैया खर्च गरेको छ।’,निगम स्रोतले शनिबार भन्यो,‘जो सिंगापुरमा जहाज हेर्न र लिन जाने भनेर गएका छन् ती कसैले पनि जहाज मर्मत भइरहेको ‘ह्यांगर’भित्र जानै पाउदैनन्,लिएर आउनु त परैको कुरा भयो।’

प्रतिक्रिया

सम्बन्धित