साँफेबगरमा प्रभुको नयाँ शाखा 

prabhu

   काठमाडौं । संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याई बैंकको शाखा सञ्जाल विस्तार गर्नुका साथै गाउँ गाउँमा बैंकिङ्ग पहुँच पुर्याउने क्रममा प्रभु बैंकले अछाम जिल्लाको साँफेबगर नगरपालिका वडा नं. ३ मा नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ । शाखा कार्यालयको उद्घाटन आज साँफेबगर नगरपालिकाका नगर प्रमुख कुलबहादुर कुँवरले गरेका छन् ।

बैंकको साँफेबगर शाखा कार्यालय उद्घाटन कार्यक्रममा अछाम जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघ अछामका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवीलगायत सर्वसाधारणको उपस्थिति रहेको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख कुँवरले भने–‘प्रभु बैंकले देशका सुगम तथा दुर्गम ठाउँमा पुगेर बैंकिङ्ग पहुँचको दायरा वृद्धि गर्दै आप्mनो गुणस्तरीय सेवा विस्तार गर्दै आएकोमा साँफेबगरमा समेत अजैदेखि बैंकले शाखा कार्यालय सञ्चालनमा ल्याएर यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल र सहज रुपमा गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्न चाहन्छु ।’

प्रतिक्रिया

सम्बन्धित