पार्टीकाविरुद्ध अन्तर ध्वंस र अपराधपूर्ण कार्यमा संलग्न रहेको भन्दै राईमाथि विप्लव समूहको कारबाही

काठमाडौं । आजमात्र सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य पदम राईलाई विप्लव समूहले कारबाही गरेको छ ।
नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले विज्ञप्ति जारी गर्दै पार्टी पोलिट्ब्युरो सदस्य पदम राईलाई पार्टीको सदस्यसमेत नरहने गरी पार्टीबाट निस्कासन गरेका हुन्।
प्रकाण्डले आइतबार विज्ञप्ति जारी गर्दै ‘राईलाई रूपान्तरण र उपचारको अथक प्रयास गर्दागर्दै असम्भव भएपछि र पार्टी नीति र कार्यक्रमको विरुद्ध गएपछि निष्कासन गरिएको’ जनाएका छन्। राईलाई नेकपाको गत स्थायी समिति बैठकले निलम्बन गरेको गरेको थियो। विज्ञप्तिमा भनिएको छ–‘स्थायी समिति बैठकले निलम्बन गरेका पदम राई झन्झन् पार्टीकाविरुद्ध अन्तर ध्वंस र अपराधपूर्ण कार्यमा संलग्न भएकाले पार्टीको साधरण सदस्य समेत नरहने गरी निष्काशन गरिएको छ ।’
तत्कालिन नेकपा माओवादीका पोलिटब्युरो सदस्य राई माओवादी विभाजन हुँदा मोहन वैद्य नेतृत्वको नेकपा(माओवादीमा गएका थिए। पछि विप्लवले मोहन वैद्य नेतृत्व फुटाएपछि उनी विप्लवसँगै लागेका थिए।
पहिलो संविधानसभा निर्वाचनमा भोजपुर क्षेत्र नम्बर १ बाट प्रत्यक्ष चुनाव जितेर भौतिक योजना तथा निर्माण राज्यमन्त्रीसमेत बनेका राईलाई गत प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई बम प्रहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो।
विप्लवले बनाएको जनसरकारको उपप्रमुखसमेत रहेका राईलाई अदालतको आदेशपछि रिहा गरिएको थियो। उनले गणतन्त्र दिवसको दिन आयोजित संविधानसभा पदक वितरण समारोहमा सहभागी भइ पदकसमेत लिएका थिए।
यद्यपी पार्टी प्रवेशपछि राईले भने आफू सुरक्षा खोज्दै नेकपामा नआएको दाबी गरे । एकीकृत जनक्रान्तिका नाममा आफू विप्लव समूहमा आवद्ध भएको, तर पछिल्लो समय पार्टीको गतिविधिले मन नछोएको बताए ।
राईले भने–‘हिजो सशस्त्र द्वन्द्वमा १७ हजार मान्छे गुमाएको भन्दै उनले अब फेरि त्यस्तो नहोस् भन्ने चाहेको बताए । बदला त लिन सकिएला, तर राष्ट्रलाई फाइदा हुँदैन भन्ने मैले बुझेर नै म नेकपामा प्रवेश गरेको हुँ ।’

आजको मौसम : देशका पहाडी भूभागका चट्याङ्गसहित वर्षाको सम्भावना
_W8QOkFo7gR_xcziiggy1mvdde4pu7przgsfjxcom5yhhiaixcblui9gy6k4z9wl16uu16f7_FNWSk4VYOx_l2jjh7pbzbhoxhonbmsmvspino7rz1wwk5bry43obtbcy7xauwsd66rywgec.jpg)
मिथिला माध्यमिकी परिक्रमा आज औरही पुग्दै
%2520(1)_sVEf8TA7QT_b5b1w5lr4j8emdsfexlp8dcesv8xfzjj1c4kblqqsskmedaksg7mje8six0p_tiY7RURjxG_fnac0hufbbio5pqax2yrpmmfgrs4fpehmnp4lsinxjr73w16zwuxowvesw6s.jpg)
सडकमा फोहोर गरेको भन्दै राप्रपालाई काठमाडौं महानगरद्वारा एक लाख जरिवाना
_CFTBqhIJUX_patxejnuv40mokmh51lliolvlmmzxrllxp4zjjzhv3nogjinlzzbyuqynyax_mfUsQg2iCg_wwxyh9eoab9m8opvoklwvnvnvtuwnxxmkc4x7az5ddvffffbuxdbvmaq7tlt.jpg)
यो संविधान कुनै व्यक्तिले दिएको होइन : प्रधानमन्त्री

मौसम पूर्वानुमान : तीन प्रदेशमा वर्षाको सम्भावना
_dAQ8FYTC0u_r3he5yl2zwhqwv2aqb23aahqajt0pbxl0tut3hvrdnlinxr8n9vqmfp3euds_TcZby88a04_x3rjbtv2zfe6pv0wtdlhre8yjcj9d7yfcddpasfstaxx3rqudjzpihdmpxba.jpg)
काठमाडौंमा पूर्वराजा ज्ञानेन्द्रको स्वागत, समर्थकले लगाए चर्का नारा
%2520(11)_ISoOo4IqGT_ciyrnxl7qpkkz2rkdpswc5zuqfmfqazbdhzvt1u6xf4o4uibek4nkpiwkrh4_upPwU6CnVX_fpzujijnremenjht6uufva8aqs7bhm2yy6wo0q6v63b4usape39i6vop4go8.jpg)
चीनको शेन्जेन क्षेत्रमा रोबोटिक्स क्रान्ति
%2520(2)_Eewmb59cgN_uqom5jfdvlhyd78olb4tgdjqjuggd20ypysr6vvyxeeyjabylxaipbwuaedp_x8jhYbpWTb_4pqefy8zhyctrpxyvfgr2nuby3qzyc1qrbzmsmeakhd67torjiinepgc0h86.jpg)
प्रतिक्रिया