भारतको अन्सल विश्वविद्यालयमा नेपाली विद्यार्थीका लागि विशेष छुट

काठमाडौं । उच्च शिक्षाका लागि छिमेकी मुलुक भारत जान चाहने नेपाली विद्यार्थीहरुलाई गुणस्तरिय शैक्षिक परामर्श प्रदान गर्दै आएको ई–स्क्वायर एजुकेशन कन्सल्टेन्सीले विशेष छुटसहितको योजनामा नेपाल आएको भारतको अन्सल विश्वविद्यालयको बारेमा विद्यार्थीहरुलाई पूर्ण जानकारी दिने भएको छ ।
भारतको गुडगाउँमा रहेको अन्सल विश्वविद्यालयले नेपाली विद्यार्थीका लागि अध्यन गर्न विशेष सहुलियत दिने जनाएको हो । काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी विश्वविद्यालयका डीन सञ्जीव शर्माले अन्सल विश्वविद्यालयको बारेमा जानकारी गराएका हुन् ।
कार्यक्रममा उनले सो विद्यालयमा पढ्न चाहाने नेपाली विद्यार्थिले विभिन्न शैक्षिक कार्यक्रम अनुसारको सहुलिय पाउने जानकारी गराए । उनले नेपाली विद्यार्थीलाई नेपाली शुल्कमा पढ्ने व्यवस्था गरिएको पनि जानकारी दिए ।
विद्यार्थीहरुले काठमाडौंको बानेश्वर चोकमा रहेको ई–स्क्वायर एजुकेशन कन्सल्टेन्सी’ मार्फत विषय, शुल्क, छात्रवृत्ति, प्रक्रियालगायतका बारेमा जानकारी लिन सक्नेछन् ।
विश्वविद्यालयले आर्किटेक्चर, प्लानिङ एन्ड डेभलपमेन्ट, व्यवस्थापन, हस्पिटालिटी, हेल्थ साइन्स, इन्जिनीयरिङ, डिजाइन र कानून गरी ८ विधामा विश्वस्तरीय शिक्षा दिइरहेको छ ।
विश्वविद्यालयमा हाल २५ जना भन्दा बढि विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रतिनिधि अमित फूलले जानकारी गराए । सन् १९८९ देखि सुशान्त स्कूल अफ आर्ट एन्ड आर्किटेक्चरका रूपमा सक्रिय संस्था नै सन् २०१२ देखि विश्वविद्यालयका रूपमा सञ्चालन हुँदै आएको हो । अन्सलले २०१७ मा उत्तरी भारतको सबैभन्दा उत्कृष्ट विश्वविद्यालयको अवार्ड समेत पाएको थियो ।

आजको मौसम : देशका पहाडी भूभागका चट्याङ्गसहित वर्षाको सम्भावना
_W8QOkFo7gR_xcziiggy1mvdde4pu7przgsfjxcom5yhhiaixcblui9gy6k4z9wl16uu16f7_FNWSk4VYOx_l2jjh7pbzbhoxhonbmsmvspino7rz1wwk5bry43obtbcy7xauwsd66rywgec.jpg)
मिथिला माध्यमिकी परिक्रमा आज औरही पुग्दै
%2520(1)_sVEf8TA7QT_b5b1w5lr4j8emdsfexlp8dcesv8xfzjj1c4kblqqsskmedaksg7mje8six0p_tiY7RURjxG_fnac0hufbbio5pqax2yrpmmfgrs4fpehmnp4lsinxjr73w16zwuxowvesw6s.jpg)
सडकमा फोहोर गरेको भन्दै राप्रपालाई काठमाडौं महानगरद्वारा एक लाख जरिवाना
_CFTBqhIJUX_patxejnuv40mokmh51lliolvlmmzxrllxp4zjjzhv3nogjinlzzbyuqynyax_mfUsQg2iCg_wwxyh9eoab9m8opvoklwvnvnvtuwnxxmkc4x7az5ddvffffbuxdbvmaq7tlt.jpg)
यो संविधान कुनै व्यक्तिले दिएको होइन : प्रधानमन्त्री

मौसम पूर्वानुमान : तीन प्रदेशमा वर्षाको सम्भावना
_dAQ8FYTC0u_r3he5yl2zwhqwv2aqb23aahqajt0pbxl0tut3hvrdnlinxr8n9vqmfp3euds_TcZby88a04_x3rjbtv2zfe6pv0wtdlhre8yjcj9d7yfcddpasfstaxx3rqudjzpihdmpxba.jpg)
काठमाडौंमा पूर्वराजा ज्ञानेन्द्रको स्वागत, समर्थकले लगाए चर्का नारा
%2520(11)_ISoOo4IqGT_ciyrnxl7qpkkz2rkdpswc5zuqfmfqazbdhzvt1u6xf4o4uibek4nkpiwkrh4_upPwU6CnVX_fpzujijnremenjht6uufva8aqs7bhm2yy6wo0q6v63b4usape39i6vop4go8.jpg)
चीनको शेन्जेन क्षेत्रमा रोबोटिक्स क्रान्ति
%2520(2)_Eewmb59cgN_uqom5jfdvlhyd78olb4tgdjqjuggd20ypysr6vvyxeeyjabylxaipbwuaedp_x8jhYbpWTb_4pqefy8zhyctrpxyvfgr2nuby3qzyc1qrbzmsmeakhd67torjiinepgc0h86.jpg)
प्रतिक्रिया