प्रमुख प्रतिपक्ष कांग्रेसमाथि यसरी खनिए नेकपाका महासचिव पौडेल

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमाथि खनिएका छन् ।
सामाजिक सुरक्षा भत्ता बृद्धिलगायत लोककल्याणकारी व्यवस्थाको आलोचना भइरहेकोमा असन्तुष्टि जनाउँदै उनले सामाजिक सुरक्षा भत्ता बृद्धि बेठीक हो भने औपचारिक रुपमा बोल्न कांग्रेसलाई चुनौती दिएका हुन् ।
आज संसदमा बजेटमाथिको छलफलमा भाग लिने क्रममा प्रतिनिधिसभामा बोल्दै पूर्व अर्थमन्त्री समेत रहेका महासचिव पौडेलले भने–‘सामाजिक सुरक्षा भत्ता बृद्धिका सन्दर्भमा जुन कोणबाट आलोचना भइरहेका छन्, हिम्मत छ भने बेठीक हो भनेर औपचारिक ढंगले भन्ने आँट गर्नुपर्छ । नत्र लोक कल्याणका लागि राज्यले गरेको सकारात्मक जिम्मेवारी बहनको आलोचना नगरौं ।’
पौडेलले बजेटको लक्ष्य पूरा हुँदा ५ लाख भन्दा बढी रोजगारी सिर्जना हुन सक्ने भन्दै ठूला पुर्वाधार विकासमा तीब्रता आउने लक्षण देखिएको बताए । उनले बजेट कार्यन्वयनको चुनौति समाधानका लागि सिंगो राष्ट्र एक ठाउँमा उभिनुपर्ने बताए ।

आजको मौसम : देशका पहाडी भूभागका चट्याङ्गसहित वर्षाको सम्भावना
_W8QOkFo7gR_xcziiggy1mvdde4pu7przgsfjxcom5yhhiaixcblui9gy6k4z9wl16uu16f7_FNWSk4VYOx_l2jjh7pbzbhoxhonbmsmvspino7rz1wwk5bry43obtbcy7xauwsd66rywgec.jpg)
मिथिला माध्यमिकी परिक्रमा आज औरही पुग्दै
%2520(1)_sVEf8TA7QT_b5b1w5lr4j8emdsfexlp8dcesv8xfzjj1c4kblqqsskmedaksg7mje8six0p_tiY7RURjxG_fnac0hufbbio5pqax2yrpmmfgrs4fpehmnp4lsinxjr73w16zwuxowvesw6s.jpg)
सडकमा फोहोर गरेको भन्दै राप्रपालाई काठमाडौं महानगरद्वारा एक लाख जरिवाना
_CFTBqhIJUX_patxejnuv40mokmh51lliolvlmmzxrllxp4zjjzhv3nogjinlzzbyuqynyax_mfUsQg2iCg_wwxyh9eoab9m8opvoklwvnvnvtuwnxxmkc4x7az5ddvffffbuxdbvmaq7tlt.jpg)
यो संविधान कुनै व्यक्तिले दिएको होइन : प्रधानमन्त्री

मौसम पूर्वानुमान : तीन प्रदेशमा वर्षाको सम्भावना
_dAQ8FYTC0u_r3he5yl2zwhqwv2aqb23aahqajt0pbxl0tut3hvrdnlinxr8n9vqmfp3euds_TcZby88a04_x3rjbtv2zfe6pv0wtdlhre8yjcj9d7yfcddpasfstaxx3rqudjzpihdmpxba.jpg)
काठमाडौंमा पूर्वराजा ज्ञानेन्द्रको स्वागत, समर्थकले लगाए चर्का नारा
%2520(11)_ISoOo4IqGT_ciyrnxl7qpkkz2rkdpswc5zuqfmfqazbdhzvt1u6xf4o4uibek4nkpiwkrh4_upPwU6CnVX_fpzujijnremenjht6uufva8aqs7bhm2yy6wo0q6v63b4usape39i6vop4go8.jpg)
चीनको शेन्जेन क्षेत्रमा रोबोटिक्स क्रान्ति
%2520(2)_Eewmb59cgN_uqom5jfdvlhyd78olb4tgdjqjuggd20ypysr6vvyxeeyjabylxaipbwuaedp_x8jhYbpWTb_4pqefy8zhyctrpxyvfgr2nuby3qzyc1qrbzmsmeakhd67torjiinepgc0h86.jpg)
प्रतिक्रिया