आयल निगमको ट्याङ्कर जाँच्दै नापतौल विभाग

tanker

  काठमाडौं । नेपाल आयल निगमको डिपोबाट विभिन्न डिलरहरुमा आएको पेट्रोलियम पदार्थमा तोकिएको परिमाणभन्दा कम मात्रामा तेल आएको गुनासा बढेपछि गुणस्तर तथा नापतौल विभागले नेपाल आयल निगमका सबै ट्यांकरको नापजाँच गर्ने भएको छ ।

डिलरहरुले निगमको डिपोबाट तोकिएको परिमाणभन्दा थोरै मात्रामा तेल पठाइएको गुनासो गर्दै आएकाले ट्याङ्कर जाँच गर्न लागिएको विभागले जनाएको छ ।

गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जले निगमको थानकोट कार्यालयलाई परिपत्र गर्दै निगमको थानकोट डिपोबाट बिक्रि वितरण हुने प्रेट्रोलियम पदार्थ ढुवानीमा संलग्न सबै ट्यांकरहरुको स्ट्याण्डर्ड जाँच गर्न आग्रह गरेको छ ।

व्यावसायीहरुले निगमको डिपोबाट इन्धन ढुवानी गर्ने ट्यांकरहरुको विद्यमान मापदण्डले आफूहरुलाई अन्याय भएको गुनासो गर्दै आएका छन् । भारतीय क्यालिब्रेसनले ट्यांकरहरुमा एक सय लिटरसम्म कम इन्धन हुने गरेको व्यवसायीको दावी छ ।

हरेक वर्ष इन्धन बोक्ने ट्यांकरको क्यालिब्रेसन गर्नुपर्ने नियम भए पनि निगमको इन्धन बोक्ने ट्यांकरले यो नियम पालना गरेका छैनन् । इन्धन भरिएको ट्यांकरमा तोकिएको मात्रामा इन्धन छ कि छैन भनेर नाप लिइने प्रविधिलाई क्यालिब्रेसन भनिन्छ ।

नेपालमै क्यालिब्रेसन गरिने भए पनि निगमको इन्धन बोक्ने ट्यांकरले भारतीय क्यालिब्रेसनको कागज देखाउँदै आएका थिए । तर, अब भने विभागले क्यालिब्रेसजन जाँच गर्ने भएको छ ।

निगमको डिलरबाट पम्पमा पुग्ने ट्यांकरमा क्यालिब्रेसन गरिँदा इन्धन चोरी हुने समस्याबाट व्यवसायीले मुक्ति पाउने छन् ।

प्रतिक्रिया

सम्बन्धित