ल्यापटप तथा मोबाईलहरु चोरी गर्ने र सोही सामान किन्ने ४ जना पक्राउ

chor haru

  काठमाडौं । महानगरीय अपराध महाशाखाले होस्टलबाट मोवाइल तथा ल्यापटप चोरी गर्ने गिरोहलाई पक्राउ गरेको छ । विगत विगत केही समयदेखि काठमाडौंका होस्टेलहरुमा मोबाईल तथा ल्यापटपको चोरी बढेको भन्ने जानकारी पाए लगत्तै महाशाखाले अनुसन्धान थालेको थियो ।

महाशाखाको अनुसन्धानका क्रममा आइतबार चोरी गरेका मोवाइल तथा ल्यापटपसहित चार जनालाई पक्राउ गरिएको महाशाखा प्रमुख एसएसपी सहकुलबहादुर थापाले माइन्युज नेपाललाई जानकारी गराए ।

उनीहरुले ७ गते दिउसै बानेश्वरमा रहेको ओजस्पी होस्टेलबाट गोबिन्द राज ठाकुरको आइफोन र ल्यापटप, १३ गते वानेश्वरमा नै रहेको किङ्ग ब्वाइज होस्टेलबाट ल्यापटप तथा १७ गते बुद्धनगर स्थित जय गढीमाई होस्टेलको कोठाको चुकुल फुटाई बिबेक अधिकारीको ल्यापटप चोरी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पक्राउ पर्नेहरुमा चोरीमा संलग्न कैलाली टिकापुर नगरपालिका ९ बनगाँउ घर भई हाल वानेश्वर बस्ने २३ वर्षका बालकृष्ण चौधरी र कालोपुल बस्ने २३ वर्षका राजन थापा रहेका छन् ।

त्यसैगरी महाशाखाले चोरीको सामान किन्नेहरुलाई पनि पक्राउ गरेको छ । चोरीको सामान किन्नेहरुमा काभ्रेपलान्चोक जिल्ला चौरी देउराली गाउँपालिका–५ घरभई हाल काडाँघारी बस्ने शिखर गौतम र उदयपुर रौतामाई गाउँपालिका–१ घरभई हाल रामहिटी बस्ने डेबिट भन्ने बिष्णु बहादुर तामाङ रहेका छन् ।

महाशाखाले काठमाडौंको बिभिन्न स्थानबाट चोरी गरेको ल्यापटपहरु तथा मोबाईलहरु सहित पक्राउ परेका अभियुक्तहरुलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाएको छ ।

प्रहरीले उनीहरुको साथबाट विभिन्न ब्राण्डका ल्यापटप र मोबाइल बरामद गरेको छ । बरामद भएका सामानहरु निम्न छन् :

१) Dell कम्पनीको रातो कालो ल्यापटप थान १ ।
२) Asus कन्पनीको कालो रंगको ल्यापटप थान १ ।
३) कालो रंगको Iphone 10 xs मोबाईल थान १ ।
४) Dell कम्पनीको कालो रंगको ल्यापटप थान १ ।
५) IMEI NO 357120097370337/ 357121097370335 भएको SM J2 मोबाईल थान १ ।
६) IMEI NO 865494042147172/865494046205471भएको हुबाई कम्पनीको मोबाईल थान १ ।
७) IMEI NO 911231954609003/911231954609011 भएको कार्बन कम्पनीको मोबाईल थान १ ।
८) मोडेल नं A1 688 लेखिएको Iphone मोबाईल थान १ ।
९) S.N. PF04 YXR1 भएको LENOVO कम्पनीको कालो रंगको ल्यापटप थान १ ।
१०) S.N. CNFO5O2H8M भएको COMPAQ कम्पनीको कालो रंगको ल्यापटप थान १ ।
११) S.N. CB21096226 भएको LENOVO कम्पनीको कालो रंगको ल्यापटप थान १ ।
१२) S.N. CND80242SY भएको HP कम्पनीको कालो रंगको ल्यापटप थान १ ।
१३) MODEL NO MS–1451 भएको MSI कम्पनीको कालो रंगको ल्यापटप थान १ ।
१४) S.N. NXMJNSG001412164A43400 भएको ACER कम्पनीको कालो रंगको ल्यापटप थान १ ।
माथी उल्लेखीत अन्य सनाखत हुन बाँकी सामानहरु यस महाशाखा तथा महानगरीय प्रहरी परिसर काठमाण्डौंमा रहेको हुँदा पिडित ब्यक्तीहरुले उल्लेखित स्थानमा सम्पर्क गरी आफ्नो सामान सनाखतको लागी समेत अनुरोध गरीएको छ ।

प्रतिक्रिया

सम्बन्धित