चीनले भन्यो–‘युद्ध होइन, वार्ता गरौं’

काठमाडौं । चीनले बराबरी जितको हैसियत र विश्वव्यापी सिद्धान्तका आधारलाई शर्त राखेर अमेरिकालाई व्यापार युद्ध नभई वार्ता गर्न प्रस्ताव गरेको छ ।
व्यापार युद्धले अमेरिका र चीनलाई मात्र नभई संसारलाई नै बेफाइदा हुने भन्दै चीनले वार्ताको प्रस्ताव गरेको हो ।
चीनको राज्य परिषद सूचना कार्यालयले श्वेतपत्र जारी गर्दै वार्ताका लागि प्रस्ताव गरेको हो । यद्यपी श्वेतपत्रमा चीनले अमेरिकाले अपारदर्शी र धोकेबाज चरित्र देखाएको आरोप भने लगाएको छ ।
‘अहिलेको समस्या समाधानको लागि चीनले दुवै पक्षको बराबरी जीतको हैसियतमा वार्ता र छलफल होस् भन्ने चाहन्छ,’ श्वेतपत्रमा लेखिएको छ–‘तर त्यो विश्वव्यापी सिद्धान्तका आधारमा हुनुपर्छ ।’्
श्वेतपत्रमा चीनले यदि अमेरिकाले व्यापार युद्धलाई नरोके चुनौतीलाई अवसरमा बदल्दै चीनको इतिहासमा नयाँ अध्याय स्थापित गर्न आफू प्रतिबद्ध रहेको जनाउँदै चीनले त्यसका लागि जस्तोसुकै कदम चाल्न पनि पछि नपर्ने उल्लेख गरेको छ ।
चीन–अमेरिका आर्थिक तथा व्यापार सम्बन्धमा जारी गरिएको श्वेतपत्रमा सन् २०१७ देखि नै ट्रम्प प्रशासनले मुख्य व्यापारिक साझेदारलाई उनीहरुका सामानमा थप महशुल र अतिरिक्त शुल्क लगाउने धम्की उत्तेजना फैलाएको उल्लेख छ ।
चीनले कुनै पनि सिद्धान्तमा सम्झौता नहुने, आफूले व्यापार युद्ध नचाहेको र सहमति तथा सहकार्यबाट दुवै देशको बराबरी जितको हैसियतमा सम्झौता गर्न तयार रहेको बताएको छ । तर आफू कुनै पनि स्थापित सिद्धान्तको विपरित नजाने चीनले स्पष्ट पारेको छ ।
श्वेतपत्रमा भनिएको छ–‘चाइना, अमेरिका आर्थिक तथा व्यापारिक छलफलमा भएका गम्भीर धक्काको सम्पूर्ण जिम्मा अमेरिकाले लिनुपर्छ ।’
हेर्नुहोस् चीनले जारी गरेको श्वेतपत्र

आजको मौसम : देशका पहाडी भूभागका चट्याङ्गसहित वर्षाको सम्भावना
_W8QOkFo7gR_xcziiggy1mvdde4pu7przgsfjxcom5yhhiaixcblui9gy6k4z9wl16uu16f7_FNWSk4VYOx_l2jjh7pbzbhoxhonbmsmvspino7rz1wwk5bry43obtbcy7xauwsd66rywgec.jpg)
मिथिला माध्यमिकी परिक्रमा आज औरही पुग्दै
%2520(1)_sVEf8TA7QT_b5b1w5lr4j8emdsfexlp8dcesv8xfzjj1c4kblqqsskmedaksg7mje8six0p_tiY7RURjxG_fnac0hufbbio5pqax2yrpmmfgrs4fpehmnp4lsinxjr73w16zwuxowvesw6s.jpg)
सडकमा फोहोर गरेको भन्दै राप्रपालाई काठमाडौं महानगरद्वारा एक लाख जरिवाना
_CFTBqhIJUX_patxejnuv40mokmh51lliolvlmmzxrllxp4zjjzhv3nogjinlzzbyuqynyax_mfUsQg2iCg_wwxyh9eoab9m8opvoklwvnvnvtuwnxxmkc4x7az5ddvffffbuxdbvmaq7tlt.jpg)
यो संविधान कुनै व्यक्तिले दिएको होइन : प्रधानमन्त्री

मौसम पूर्वानुमान : तीन प्रदेशमा वर्षाको सम्भावना
_dAQ8FYTC0u_r3he5yl2zwhqwv2aqb23aahqajt0pbxl0tut3hvrdnlinxr8n9vqmfp3euds_TcZby88a04_x3rjbtv2zfe6pv0wtdlhre8yjcj9d7yfcddpasfstaxx3rqudjzpihdmpxba.jpg)
काठमाडौंमा पूर्वराजा ज्ञानेन्द्रको स्वागत, समर्थकले लगाए चर्का नारा
%2520(11)_ISoOo4IqGT_ciyrnxl7qpkkz2rkdpswc5zuqfmfqazbdhzvt1u6xf4o4uibek4nkpiwkrh4_upPwU6CnVX_fpzujijnremenjht6uufva8aqs7bhm2yy6wo0q6v63b4usape39i6vop4go8.jpg)
चीनको शेन्जेन क्षेत्रमा रोबोटिक्स क्रान्ति
%2520(2)_Eewmb59cgN_uqom5jfdvlhyd78olb4tgdjqjuggd20ypysr6vvyxeeyjabylxaipbwuaedp_x8jhYbpWTb_4pqefy8zhyctrpxyvfgr2nuby3qzyc1qrbzmsmeakhd67torjiinepgc0h86.jpg)
प्रतिक्रिया