लोक सेवालाई केपी ओली प्रबृति छाड्न नेता महतोको चेतावनी, संघीयता विरोधी बजेट आएको आरोप

rajendra mahato

  काठमाडौं । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले वर्तमान केपी शर्मा ओली नेतृत्व सरकारले आर्थिक वर्ष २०७६/०७७ का लागि प्रस्तुत गरेको बजेट संघीयता विरोधी भएको आरोप लगाएका छन् ।

मंगलबार बजेटमाथि संसदमा भएको छलफलमा भाग लिँदै नेता महतोले संघीयताको मर्मअनुसार बजेट नआएको बताएका हुन् । उनले भने–‘संघीयता विरोधी यसको सबैभन्दा ठूलो विशेषता हो । केन्द्रीय सरकारले सबै बजेट चलाउने रे । प्रान्तीय सरकारहरुले २० प्रतिशत पनि बजेट नपाउने रे ।’

‘विदेश नीति, राष्ट्रिय सुरक्षा, मौद्रिक र राष्ट्रिय गौरबका आयोजना बाहेक सबै बजेट प्रदेशलाई दिनुपर्छ । संघीयतालाई असफल पार्ने बजेट आएको छ, यो दुःखद हो ।’– उनले भने ।

उनले लोक सेवा आयोगको पनि विरोध गर्न भ्याए । स्थानीय तहमा कर्मचारी भर्ना गर्न लोकसेवा आयोगले गरेको विज्ञापनको विरोध गर्दै उनले भने–‘दादा गिरी नगर्नुस्, केपी ओली प्रवृत्ति छोड्नुस् ।’

प्रतिक्रिया

सम्बन्धित