नापतौल विभागकै सिल तोडेर पेट्रोल विक्री गर्ने पम्पविरुद्ध मुद्दा दर्ता

petrol pump

  काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल कार्यालयले पाँचवटा पेट्रोलविरुद्ध मुद्दा दर्ता गरेको छ । कार्यालयले मापदण्ड विपरीत सञ्चालन भएको भन्दै मैतीदेवी पेट्रोलियम सप्लायर्स मैतीदेवी, चुच्चेपाटी फ्युल सेन्टर चाबहिल, भद्रकाली आयल स्टोर गोठाटार, न्यू बङ्गलामुखी आयल स्टोर्स सानोभर्‍याङविरुद्ध मुद्दा चलाएको हो ।

कार्यालयका प्रमुख एवं उपसचिव राकेशकुमार झाका अनुसार कार्यालयले अनुगमनका क्रममा मापदण्ड विपरीत पेट्रोल पम्प सञ्चालन गरेकाले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको जानकारी गराए । उनले भने मैतीदेवी र चुच्चेपाटी आयल स्टोर्सले नापतौल कार्यालयले लगाएको सिल तोडेर नक्कली सिल लगाएको, भद्रकाली आयल स्टोर्सले मापदण्डभन्दा घटी परिणाममा पेट्रोल तथा डिजेल बिक्री वितरण गरेको र बङ्गलामुखी आयल स्टोर्सले पेट्रोल पम्पलाई जाली बनाएकाले मुद्दा चलाइएको हो ।’

त्यसैगरी विभागले माः पलाञ्चोक धन्द्रे भीमसेन बेकरी उद्योग काभ्रेपलाञ्चोकविरुद्ध पनि मुद्दा चलाएको छ । बेकरी उद्योगले नाप्ने तथा तौलने यन्त्र दर्ता नगर्नाका साथै उत्पादित वस्तुमा परिणाम उल्लेख नगरेकाले कारवाहीका लागि मुद्दा दर्ता गरिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित