भारतले पहिलो पटक जित दर्ता गर्दा तेस्रोपटक पनि हार्‍यो दक्षिण अफ्रिका, न्युजिल्यान्डको लगातार दोस्रो जित

india

   काठमाडौं । विश्वकप क्रिकेट अन्तर्गतग गएराती भएको दुई खेलमा भारत र न्युजिल्याण्ड विजयी भएका छन् । भारतले दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको हो भने न्युजिल्यान्डले बंगलादेशलाई दुई विकेटले पराजित गरेको हो ।

२२८ रनको मध्यम लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको भारतले ४७.३ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य भेटायो । भारतको जितमा ओपनर रोहित शर्माले अविजित १२२ रन बनाए । १४४ बलको सामाना गरेका उनले १३ चौका र दुई छक्का प्रहार गरे । त्यस्तै महेन्द्रसिंह धोनीले ३४ रन बनाउँदा केएल राहुलले २६ रन बनाए । कप्तान विराट कोहली भने १८ रनमा आउट भए । बलिङतर्फ कागिसो रबडाले दुई विकेट लिए ।

यसअघि इंग्ल्यान्डको साउथहृयाम्पटनमा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २२७ रन बनाएपछि भारतले मध्यम स्कोरको लक्ष्य पाएको थियो ।

दक्षिण अफ्रिकाका लागि क्रिस मोरिसले ४२ रन बनाए । कप्तान फाफ् डु प्लेसिसले ३८, एन्डिल फेहलुकवाओले ३४ र डेभिड मिलरले ३१ रन बनाए । यता, कागिसो रबडा भने ३१ रनमा अविजित रहे । त्यस्तै, रसिइ भान डेर डुसेनले २२ रन बनाए ।

दक्षिण अफ्रिकाको मध्यम स्कोर बन्नुमा क्रिस मोरिस र कागिसो रबडाले ६६ रनको साझेदारी गर्दै उकासेका थिए ।

बलिङतर्फ भारतका युजभिन्द्र चाहालले चार विकेट लिए । उनले १० ओभर बलिङ गर्दै ५१ रन खर्चिएर चार विकेट लिएका थिए । त्यस्तै, जसप्रित बुमराह र भुवनेश्वर कुमारले समान २(२ विकेट लिए ।

लगातार तेस्रो खेलमा पनि हार ब्यहोरेपछि दक्षिण अफ्रिकाको अगाडिको यात्रा निकै कठिन भएको छ । यसअघि दक्षिण अफ्रिका पहिलो खेलमा इंग्ल्यान्डसँग १०४ र दोस्रो खेलमा बंगलादेशसँग २१ रनले पराजित भएको थियो ।

यता, २४५ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको न्युजिल्यान्डले ४७.१ ओभरमा ८ विकेटको क्षतिमा लक्ष्य भेटायो ।

न्युजिल्यान्डका लागि रोस टायलरले ८२ रन बनाउँदै टिमलाई जित दिलाए । त्यस्तै, कप्तान केन विलियम्सनले ४० रनको योगदान दिए । बलिङतर्फ भने बंगलादेशका मेहिदी हसन मिराज, शकिब अल हसन, मोहम्मद शैफुदिन र मोसादक हुसेनले समान २(२ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ओभर सकिन चार बल बाँकी रहँदा सबै विकेटको क्षतिमा २४४ रन बनाएको थियो । बंगलादेशका लागि सकिब अल सहनले ६४ रन बनाए । त्यस्तै, मोहम्मद शैफुदिनले २९, मोहम्मद मिथुनले २६ र सौम्या सरकारले २५ रन बनाए । बलिङर्फ न्युजिल्यान्डका मट हेनरीले चार विकेट लिए ।

यो न्युजिल्यान्डको दोस्रो जित हो । यसअघि न्युजिल्यान्डले श्रीलंकालाई १० विकेटले पराजित गरेको थियो । यता, बंगलादेशको भने यो पहिलो हार हो । यसअघि भएको खेलमा बंगलादेशले दक्षिण अप्रिmकालाई पराजित गरेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित