नेकपा सचिवालय बैठक स्थगित

nekapa

  काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकका लागि गृहकार्य नपुगेको भन्दै समय माग गरिएकाले स्थगन गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

बिहिबार बिहान ९ बजेका लागि बोलाइएको बैठक तयारीकै लागि भन्दै दिउँसो १२ बजेसम्म सारिएको थियो। तर, दुई अध्यक्षले सहमतिको आधार तयार पार्न अरु थप समय चाहिने बताएपछि बैठक स्थगित गरिएको हो।
यसअघि हिजोको छलफलमा आज बैठक बसेर जिल्लाका इन्चार्ज र सह(इन्चार्जबारे सहमतिको प्रयास गर्ने सहमति भएको थियो। तर नेताहरूलाई दिइने जिम्मेवारीको मापदण्डबारे कुरा मिल्न नसक्दा बैठक अनिश्चित बनेको हो।
७७ जिल्लाका इन्चार्ज र सहइन्चार्जको टुंगो लगाउन भन्दै तीन दिनदेखि बसिरहेको सचिवालय बैठक अझै निष्कर्षमा पुगेको छैन ।

प्रतिक्रिया

सम्बन्धित