आर्थिक वृद्धिदर ७.१ प्रतिशतले हुने विश्व बैंकको प्रक्षेपण

world bank

  काठमाडौं । विश्व बैंकले चालु आर्थिक वर्ष (२०१९) मा नेपालमा ७.१ प्रतिशतको आर्थिक वद्धि हुने प्रक्षेपण गरेको छ ।

प्रत्येक ६ महिनामा नेपालका आर्थिक अवस्थाको चित्रणसहितको प्रतिवेदन सार्वजनिक गर्दै आएको बैंकले यो पटकको प्रतिवेदनबाट नेपालको अर्थतन्त्र द्रुत गतिमा बढिरहेको बताएको छ।

बैंकले ४.१ प्रतिशतको मूल्यवृध्दि हुने अनुमान गरेको छ। पर्यटन आगमन बढेको र त्यसले पनि सेवा क्षेत्रको विस्तारमा योगदान दिएको विश्व बैंकले जनाएको छ । त्यस्तै रेमिट्यान्सको वृद्धिले निजी उपभोगमा पनि वृद्धि गरेको बैंकले बताएको छ ।

एक प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकले खुद्रा ब्यापार, होटल र रेस्टुरेन्टलगायतको उपक्षेत्रमा पनि प्रगति भएको उल्लेख गरेको छ । कृषि क्षेत्रमा मात्रै ५ प्रतिशतको वृद्धि देखिने भन्दै उसले यो ३० वर्षको औसत ३.१ प्रतिशत भन्दा उच्च भएको बताएको छ ।

बैंकले औद्योगिक उत्पादनको वृद्धिदर पनि सुखद रहेको बताएको छ । यो वर्ष ८.१ प्रतिशत औद्योगिक वृद्धिदर हात लाग्ने उसको प्रक्षेपण छ । सरकारी खर्च राम्रो नभएको भन्दै विश्व बैंकले तामाकोशी र मेलम्ची जस्ता ठूला परियोजना पछि धकेलिएको उल्लेख गरेको छ । यो वर्ष पनि सरकारी खर्च भने निराशाजनक हुने बैंकको ठहर छ। वित्तिय घाटा अघिल्लो वर्षको तुलनामा न्यून हुने छ।

प्रतिक्रिया

सम्बन्धित