विश्वकप क्रिकेट : पाकिस्तान र श्रीलंका भिड्दै

pak VS sri

  काठमाडौं । विश्वकप क्रिकेटमा आज पाकिस्तान र श्रीलंका भिड्दै छन् । ब्रिष्टलस्थित काउन्टी ग्राउन्डमा नेपाली समयअनुसार पाकिस्तान र श्रीलंकाबीचको खेल दिउँसो ३ बजेर १५ मिनेटमा सुरु हुनेछ ।

पहिलो खेलमा हार ब्यहोरेका दुवै टिममाथि आज जित्नै पर्ने दबाब छ । श्रीलंका न्युजिल्यान्डसँग १० विकेटले पराजित भएको थियो भने पाकिस्तान वेष्ट इन्डिजसँग सात विकेटले पराजित भएको थियो ।

तर, दोस्रो खेलमा भने दुवै टिमले जित हात पारेका थिए ।पाकिस्तानले बलियो टिम मानिएको इंग्ल्यान्डलाई १४ रनले पराजित गर्दा श्रीलंकाले अफगानिस्तानलाई ३४ रनले पराजित गरेको थियो ।

श्रीलंका टिम
दिमुथ करुनरत्ने (कप्तान), धनञ्जय डे सिल्भा, नुवान प्रदीप, अभिश्का फर्नान्डो, सुरंगा लकमल, लासिथ मालिंगा, एन्जेलो मथेवस, कुशल मेन्डिस, जीवन मेन्डिस, कुशल परेरा, थिसरा परेरा, मिलिन्डा सिरिवार्दना, लाहिरु थिरिमाने, इसुरु उडना जेफ्रिय भन्डर्सी ।

पाकिस्तान टिम
सर्फराज अहमद (कप्तान), फखर जमान, इमाम उल हक, बाबर आजम, हरिस सोहेल, मोहम्मद हफिज, सोहेब मलिक, आसिफ अली, इमाद वासिम, सादब खान, मोहम्मद आमिर, मोहम्मद हसनाइन, हसन अली, वाहव रियाज, साहिन शा अफ्रिदी ।

प्रतिक्रिया

सम्बन्धित