उहाँले स्वतन्त्रपूर्वक बोल्न समेत दिनुहुन्नु : सभापति देउवा

Sher-Bahadur-Deuba-1

   काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले लोकतन्त्रलाई संकटमा पारेको आरोप लगाएका छन् ।

कांग्रेसले सुरु गरेको जागरण अभियानअन्तर्गत पहिलो चरणको अभियानको शनिबार लमजुङको दूधपोखरी गाउँपालिका २, भुल्मीचोकमा समापन गर्दै देउवाले भने-'वर्तमान सरकार लोकतन्त्रको विरुद्धमा लागेको छ । नेपाली जनताले बलिदानीपूर्वक ल्याएको लोकतन्त्र संकटमा पर्न सरकार लागिपरेको छ । तर, हामी त्यस्तो हुन दिन्नौं ।'

लोकतन्त्र जोगाउन सबै नेपाली एक हुनुपर्ने बताउँदै उनले भने-'लामो संघर्ष र बलिदानबाट प्राप्त प्रजातन्त्र र नागरिकको अधिकार वर्तमान सरकारले हनन गर्न खोजिरहेको छ । स्वतन्त्र न्यायपालिका, प्रेस स्वतन्त्रता, मानवअधिकारमा हस्तक्षेप गरेको छ । सवै ठाउँमा हस्तक्षेप छ । यो सहृय विषय होइन ।'

प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आक्रोश पोख्दै पूर्व प्रधानमन्त्री समेत रहेका सभापति देउवाले भने-'ओलीजीको रवैया, क्रियाकलाप, काम सबै जनतालाई थाह भइसक्यो । उहाँले कसैलाई स्वतन्त्रपूर्वक बोल्न समेत दिनुहुन्नु । त्यसैले सरकारको क्रियकलापबारे सबै नागरिक सचेत रहनुपर्छ । फेरि पनि प्रजातन्त्रका लागि लड्नुपर्ने दिन आएको छ ।'

प्रतिक्रिया

सम्बन्धित