वीरामी चुस्दै ट्रमा सेन्टर

trama center

   काठमाडौं । दुर्घटनामा परेका विरामीहरुको सिघ्र उपचारका लागि स्थापना भएको देशको एक मात्र राष्ट्रीय गौरवको ट्रमा सेन्टर यतिबेला लथालिंग जस्तै बनेको छ । चिकित्सकहरूका अनुसार, रोग र चोटपटक फरक कुरा हुन् र यसका उपचार विधि, उपकरण र विशेषज्ञ पनि फरक हुन्छन् । दुर्घटना वा प्रकोपस्थलबाट घाइते भएकालाई सामान्य अस्पतालका आकस्मिक कक्षमा पु¥याईंदा उनीहरुले आवश्यक सबै किसिमका विशेषज्ञ सेवा पाउँदैनन् । त्यसैले गम्भीर घाइते भएकालाई उचित ढङ्गले समयमै उपचार गराउनका लागि स्थापना भएको अस्पताल हो ट्रमा सेन्टर ।
भारत सरकारको सहयोगमा निर्माण भएको ट्रमा सेन्टरले उद्देश्य अनुरुप काम गर्न सकेको छैन । सेन्टरमा काज र करारमा कार्यरत केही चिकित्सकहरुले त्यहाँ आउने विरामीहरुबाट अवैध रुपमा असुली गरिरहेको तथ्य सार्वजनिक भएको छ ।
चिकित्सा विज्ञान राष्ट्रीय प्रतिष्ठान (न्याम्स) अन्तर्गत सञ्चालित ट्रमा सेन्टर २०७२ को महाभूकम्पपछि नियमित सञ्चालनमा छ । ट्रमा सेन्टरको वास्तविकताको बारेमा जान्न केही समय अगाडि भए गरेका काम कारबाहीलाई हेर्नुपर्ने हुन्छ ।
डा. गणेश गुरुङ न्याम्सको उपकुलपति हुँदा उनले मनलाग्दी रुपमा गरेको उपकरण खरिद र अनियमित कर्मचारी भर्नाका कारण यतिबेला ट्रमा सेन्टरले उद्देश्य अनुरुपको काम गर्न नसकेको हो । डा. गुरुङले तत्कालिन समयमा केही भ्रष्ट कर्मचारी र डाक्टरहरुलाई काखी च्याप्दा त्यसको असर अहिलेसम्म पनि परिरहेको ट्रमा सेन्टरका एक कर्मचारी बताउँछन् ।
ट्रमा सेन्टरमा अहिले दुर्घटनामा परेका व्यक्तिहरुको र हड्डी सम्बन्धि उपचार हुँदै आएको छ । ट्रमामा आउने वरामीहरुको उपचारमा प्रयोग हुने मेडिकल औजारहरू जस्तैः किला, काटा, पाता पेच र औषधिमा ति भ्रष्ट डाक्टरहरुले कमिसन असुलीरहेको ट्रमा स्रोत बताउँछ । जसको प्रत्यक्ष असर वीरामीहरुलाई पर्दै आएको छ ।
आफुलाई कमिसन दिने कम्पनीको मात्र औषधि प्रयोग गर्ने बाध्य बनाउँदै आएका उनीहरुले मेडिकल औजारहरु पनि बजार मूल्य भन्दा ५० प्रतिशतसम्म महंगोमा भिडाइरहेका छन् । ‘अहिले शरिरको कुनै अंग भाँचिएर यहाँ उपचारका लागि आउने हो भने अप्रेसनको अघिल्लो दिन नै केही माफियाहरु ‘भोली तपाईंको अप्रेसन छ । तपाईंलाई निम्न सामान चाहिन्छ भन्दै’ बार्गेनिङ गर्न आउँछन् ।’–ट्रमामा उपचार गराइरहेका एक विरामीले हामीसँग दुखेसो पोखे । अप्रेसनको अघिल्लो दिन नै उनीहरुले समान उपलब्ध गराइदिने हुँदा वीरामीहरुले पनि त्यसलाई सहस्र स्वीकार गर्ने उनले बताए । त्यसैले उक्त समामान त्रिपुरेश्वरमा रहेको एक सर्जिकलसँग मात्र किन्नुपर्ने बाध्यता विरामीमाथि परेको छ ।
त्यतिमात्र होइन् ति भ्रष्ट कर्मचारीहरुले अस्पतालको औषधि पसलमा त्यस्ता सामानहरु राख्न नदिएको पनि हामीले पायौं । केही समय अघि मात्र निर्देशक बनेर आएका डा. प्रमोद यादव यस विषयमा पूर्ण जानकार भएपनि उनले कुनै पनि कारबाही गर्न सकेका छैनन् ।
यी सबै काममा ढकाल थरका एक डाक्टरको मूख्य भूमीका रहेको ट्रमामा कार्यरत एक कर्मचारी बताउँछिन् । उनी भन्छिन्–यो समूहलाई केही ठूला भनौदा मेडिकल माफियाको र ठूला राजनीतिक दलका नेताको आर्शीवाद रहेको हुँदा निर्देशक डा. यादवले पनि केही गर्न सकेका छैनन् ।’
ट्रमा सेन्टरमा कार्यरत केही डाक्टर र कर्मचारीहरुले अपरेशन साहयक र आइसियु, एनेस्थेसिया ऐसिस्टेट बनाउने तामिल भनेर इनलाईट भन्ने संस्थाबाट प्रति विद्यार्थी प्रति महिना चार हजार लिएर ट्रमा सेन्टरमा प्रयोगात्मक कक्षा दिइरहेको भएपनि उनीहरुले ट्रमा सेन्टरलाई भने एक रुपैयाँ पनि नबुझाएको स्रोत बताउँछ ।
वर्तमान उपकुलपति डि एन साह र निर्देशक डा. यादवले उक्त भ्रष्ट समूहलाई कारबाही गर्न खोज्दा उल्टै उनीहरुले निर्देशकलाई ‘तेरो जागिर जाला, होस् गर’ भन्दै थर्काउने गर्दै आएका छन् । उल्टै उनीहरु यतिबेला विद्यार्थीलाई नियमविपरित ट्रमा सेन्टरमा तालिम गराउने काममा रोकावट गर्ने पाइन्न भन्दै जुलुस निकालिरहेका छन् । २०७४÷०७५ सालको महालेखाको प्रतिवेदन ले पनि ट्रमा सेन्टरमा अनियमित कर्मचारी भर्ना र उपकरण खरिदमा भ्रष्टाचार भएको स्पष्ट उल्लेख गरेको छ । हुनत सर्तकता केन्दको प्रतिवेदन २०७५ ले पनी कमिसनका लागि उपकरण खरिद गर्ने तर प्रयोग नगर्ने गरेको भन्दै तत्कालीन निर्देशक डा प्रमोद उपाध्याय र उपकुलपति गुरुङलाई कारवाहीको सिफारिस गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित