कोरियन भाषाको परिक्षा दिने ४७ नक्कली परीक्षार्थी पक्राउ

pakrau

  काठमाडौं । शनिबारबाट शुरु भएको रोजगार अनुमति प्रणाली ईपीएस अन्तरगतको कोरियन भाषा परीक्षाको पहिलो दिन ४२ हजार १ सय ५९ जनाले परिक्षा दिए ।

आइतबारसम्म काठमाडौं र पोखरामा चल्ने भाषा परीक्षामा ९२ हजार ३५६ जना परीक्षार्थी सहभागी हुन फर्म भरेका छन् । पहिलो दिन शनिबार ४६ हजार १९६ जनाले परीक्षा दिनुपर्ने पालो परेकोमा ४ हजार ३७ जना सहभागी नभएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

विभागका अनुसार आजको परिक्षामा ४७ जना परीक्षार्थी निष्कासित तथा पक्राउ परेका छन् । विभागले अरुको नाममा परीक्षा दिन आएकाहरुलाई नियन्त्रणमा लिएको हो भने नियम विपरित परीक्षामा सहभागीहरु निष्कासित गरिएको जनाएको छ ।


आगामी वर्षका लागि कोरियाले १० हजार ५० जना नेपाली कामदारको कोटा दिएको छ । गत वर्ष पनि कोरियन भाषा परीक्षाका लागि ८२ हजारभन्दा बढीले आवेदन दिएका थिए ।

परीक्षाको नतिजा नतिजा असार १३ गते प्रकाशित हुनेछ । नेपालबाट सन् २००८ देखि ईपीएसमार्फत कामदार कोरिया जान थालेका हुन् । आकर्षक कमाइ हुने भएकाले कोरिया जान खोज्ने युवाको संख्या उच्च छ ।

प्रतिक्रिया

सम्बन्धित