मध्यरातमा विप्लवका जिल्ला सेक्रेटरीसहित १८ कार्यकर्ता पक्राउ

biplab

  पोखरा । प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरीसहित १८ कार्यकर्ता शनिबार मध्यराति पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीले शनिबार राति कास्की जिल्ला सेक्रेटरीसहित १८ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा ४ महिलासहित १३ पुरूष रहेका छन् । उनीहरूलाई कास्की अन्नपूर्ण गाउँपालिका–११ बाट पक्राउ गरिएको कास्की प्रहरी प्रमूख एसपी दानबहादुर कार्कीले बताए ।

प्रहरीले विप्लव समूहको वैठक भइरहेको सूचना पाएपछि त्यहाँ पुगेर उनीहरूलाई पक्राउ गरेको हो । यसरी पक्राउ पर्नेमा पार्टीका कास्की जिल्ला सेक्रेटरी मिलन राई (आक्रोश) समेत छन् ।

पक्राउ परेकाहरूलाई शनिबार राति नै पोखरा ल्याइएको प्रहरीले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको कास्की प्रहरी प्रमूख कार्कीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित