एआईजी चन्दद्धारा पदभार ग्रहण, उपत्यकालाई अपराध मुक्त शहर बनाउने लक्ष्य

काठमाडौं : एआईजी जयबहादुर चन्दले महानगरिय प्रहरी कार्यालयमा आजबाट पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी चन्दले काठमाडौं उपत्यकालाई अपराध मुक्त शहर बनाउने बताएका छन् । महानगरीय प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेपछि नेपाल प्रहरी क्लव भृकुटीमण्डमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एआईजी चन्दले उपत्यकाको शान्ती सुरक्षा कायम गर्न निर्देशन दिएका छन् । उपत्यकामा शान्ती सुरक्षा कायम गर्नु निकै चुनौतीपूर्ण काम भएको भन्दै एआईजी चन्दले मातहतका युनिट प्रमुख तथा वरिष्ठ अधिकारीहरुलाई जिम्मेवार भएर काम गर्न निर्देशन दिएका छन् । प्रहरीको बोली र व्यवहारमा परिवर्तन ल्याएर अन्तरिक सुद्दिढिकरण गर्दै राम्रो काम गर्ने प्रहरीलाई पुरस्कार प्रदान गर्ने र नराम्रो काम गर्नेलाई कारबाही गरिने पनि चन्दले बताएका छन् । उनले गुनासो दिएर प्रहरीकोे कार्यालयमा आउने सर्वसाधरणलाई शिष्ट व्यवहार गर्न र गेटमा जिम्मेवार अधिकृतलाई खटाउन समेत मातहतका निकायलाई निर्देशन दिएका छन् । कार्यक्रममा बोल्दै उनले गुण्डागर्दी गर्ने र अपराधीलाई त्रासको वातावरण सिर्जना गर्न समेत निर्देशन दिए । गृहमन्त्री र प्रहरी महानिरीक्षकको निर्देशनलाई अक्षरस पालना गर्न मातहतका निकायलाई निर्देशन दिंदै उनले भने–‘तपाईहरुले जनताको मन छुने गरी काम गर्नुहोस ।’ उनले इकाई प्रमुखहरुलाई क्षेत्राधिकार नछोड्न पनि निर्देशन दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित